• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बागमती समाचार

    काठमाडौँ उपत्यकामा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि

    647
    SHARES

    काठमाडौं । लकडाउन अन्त्य गरेसँगै काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या  बढ्न थालेको छ । काठमाडौं उपत्यकामा आज मात्रै थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा ४१, भक्तपुरमा ५ जना र ललितपुरमा २ जना छन् । बुधबार १५ जना र मंगलबार ५३ जना थपिएका थिए ।

    यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ५३९ पुगेको छ । जसमा काठमाडौंमा ३९१ जना, ललितपुरमा ९२ र भक्तपुरमा ५६ जना रहेका छन् । बुधवार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । आज पर्साका २ र मोरङका १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५४७ पुगेको छ । आज २७४ जना थपिएका छन् । बुधबार २१० जना थपिएका थिए । मंगलबार ३११ थपिएका थिए । सोमबार १३९ जना थपिएका थिए । यस्तै आइतबार १३० जना थपिएका थिए । आज ६ हजार ३०४ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

    यस्तै निको हुनेको संख्या १४ हजार २४८ जना पुगेको छ । आज २२७ जना निको भएका छन् । बुधबार १४६ जना निको भएका थिए । मंगलबार १२१ सोमबार ६२६ जना निको भएका थिए । यस्तै आइतबार ७५ जना निको भएका थिए । यस्तै मृत्यु हुनेको संख्या ५२ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ५ जिल्ला कोरोना मुक्त भएका छन् ।

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, उदयपुरका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सर्लाहीका एकजना र मोरङ २ जना संक्रमित भएका छन् ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ४ जना, नवलपसारीका एकजना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना र चितवनका एकजना, दोलखाका एकजना, गोरखाका एकजना, काठमाडौंका १३ जना महोत्तरीका एकजना, रौतहटका २ जना, सर्लाहीका एकजना र सप्तरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा अर्धाखाँचीका एकजना, कपिलवस्तुका एकजना र प्युठानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, दाङका एकजना, धादिङका ४ जना, काठमाडौंका ४ जना, खोटाङका एकजना, नुवाकोटका २ जना, पर्साका एकजना, सर्लाहीका २ जना र स्याङ्जाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ३ जना, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना महोत्तरीका एकजना र पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका एकजना, कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका २ जना, लमजुङका २ जना, तनहुँका ३ जना, स्याङ्ेजाका ११ जना र नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका एकजना, बाँकेका २० जना, बर्दियाका ८ जना, दाङका २ जना, कंचनपुरका एकजना, प्युठानका एकजना, सर्लाहीका एकजना र सुर्खेतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मुगुका एकजना, सल्यानका ३ जना, सुर्खेतका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १० जना, चौरजहारी नगरपालीका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका एकजना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका एकजना, कैलालीका ५ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ