• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    ओलीलाई बिद्रोही नेकपाको चेतावनी- बालुवाटारबाट खटाइएका सुराकी फिर्ता नगरे परिणाम गम्भीर

    7.6K
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले बालुवाटारबाट खटाइएका सुराकी तत्काल फिर्ता गर्न बालुवाटारलाई चेतवानी दिएको छ । आफ्ना नेता कार्यकर्ताहरु सुराकीका आधारमा भकाभक गिरफ्तार हुन थालेपछि नेकपा सेती-महाकाली ब्युरोले यस्तो कडा चेतवानी दिएको हो ।

    चेङकाइ सेक पथमा उन्मुख केपी ओली सरकारले सेतिमहाकाली ब्युरोमा जारी राखेको राज्य आतंकले सिमा नाघ्दै जनतामा त्रासको वातावरण पैदा गरेको नेकपाले जनाएको छ। नेकपा सेती-महाकाली ब्युरो कार्यालय सचिव छविलालले बिहिबार एक बिज्ञप्ति जारी गर्दै बालुवाटारले सीआइडी तथा आरआइटी नामको गिरोह खटाएर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारदेखि व्यक्ति ह’त्यासम्मको निर्देशन दिएको दावी गरेका छन् ।

    एकातिर वार्ताको हल्ला गरेर बालुवाटारले अर्कोतिर कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका ९ वटै जिल्लाका गाउँबस्तीमा सीआइडी तथा आरआइटी नामको गिरोह परिचालित गरेको बिज्ञप्तिमा उल्लेख छ । ओली सरकारको यस्तो कार्यलाई कपटी चालको संज्ञा दिदै नेकपाले घोर आपत्तिजनक, अराजनैतिक र अक्षम्य कदम भनेको छ ।

    ‘एकातिर आफ्ना दूतमार्फत वार्ताको भ्रमजाल थाप्ने तथा अर्कोतिर बालुवाटारको प्रत्यक्ष निर्देशनमा कथित सीआइबी तथा आरआइटी नामको गिरोहलाई हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तारदेखि व्यक्ति ह’त्यासम्मको निर्देशन दिएर कैलाली, कञ्चनपुरलगायत ९ वटै जिल्लाका गाउँबस्तीमा परिचालित गर्ने केपी ओली सरकारको कपटी चाल घोर आपत्तिजनक, अराजनैतिक र अक्षम्य खालको छ।’ बिज्ञप्तिमा भनिएको छ ।

    सीआइडी तथा आरआइटी नामको जत्थाले विशेष गरि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला तथा डडेल्धुरामा आफ्नो पार्टीका दर्जनौं नेता कार्यकर्ताहरुका घर खान तलासी गर्ने, महिला तथा बालबालिकालाई आतंकित पार्दै मनोवैज्ञानिक त्रास सृजना गर्ने, सर्वसाधारण व्यापारी तथा ज्यालादारी श्रमिकलमई समेत गिरफ्तार गर्नेजस्ता घृणित कामहरु गरिरहेको नेकपाले जनाएको छ।

    त्यस्तै कैलाली जिल्लामा जनताबाट कथित निर्वाचित कतिपय मेयर/अध्यक्ष तथा वडा अध्यक्ष समेत सीआइडी, सुराकीको काम गर्दै आएको पनि पार्टीले प्रमाणित गरिसकेको नेकपाले प्रष्ट पारेको छ । सरकारी पार्टीका कतिपय कार्यकर्ता पनि सीआइडी/सुराकीको भूमिकामा रहेको सूचना प्राप्त भएको भन्दै त्यसबारेमा पार्टीले गहिरो अध्ययन अनुसन्धान गरिरहेको समेत बिज्ञप्तिमा उल्लेख छ ।

    ‘कैलाली जिल्लामा जनताबाट कथित निर्वाचित कतिपय मेयर/अध्यक्ष तथा वडा अध्यक्षसमेत सीआइडी/सुराकीको काम गरिरहेको हाम्रो पार्टीले प्रमाणित गरिसकेको छ भने सरकारी पार्टीका कतिपय कार्यकर्ता पनि सीआइडी/सुराकीको भुमिकामा रहेको बुझिन आएको छ। जसको गहिरो अध्ययन अनुसन्धान हाम्रो पार्टीले गरिरहेको छ।’ बिज्ञप्तिमा भनिएको छ ।

    नेकपाले वैज्ञानिक समाजवाद र राष्ट्रिय स्वाधिनताका राजनैतिक कार्यक्रमसहित संघर्षरत क्रान्तिकारी शक्तिमाथि भइरहेका घोर प्रतिक्रियावादी, फाँसीवादी तथा साम्राज्यवाद परस्त यस्ता हर्कतहरु तुरुन्त रोकेर गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई स-सम्मान रिहा गर्न माग गरेको छ । अन्यथा पार्टी प्रतिक्रयावादी राज्य सयन्त्रविरुद्ध योजनाबद्ध र श्रृखलाबद्ध प्रतिकार संघर्षमा जान बाध्य हुने चेतावनी दिएको छ ।

    ‘बालुवाटारबाट सञ्चालित सीआइबी र आरआइटी नामको आतंककारी जत्थालाई तुरुन्त फिर्ता गरि राज्य आतंक बन्द गरियोस । हाम्रो पार्टीमाथि लगाइएकाे कथित प्रतिबन्ध खारेज गरि राजनैतिक गतिबिधि निर्बाध रुपमा संचालन गर्न दिइयोस तथा गिरफ्तार नेता कार्यकर्ताहरुलाई निशर्त रुपमा स-सम्मान रिहा गरियोस ।’ कार्यालय सचिव छविलालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘अन्यथा बालुवाटारबाट परिचालित जत्था तथा प्रतिक्रयावादी राज्य संयन्त्रविरुद्ध योजनाबद्ध र श्र[खलाबद्ध रुपमा प्रतिकार संघर्षमा जान बाध्य हुनेछौं। यसबाट निस्कने जुनसुकै परिणाम(क्षति)को जिम्मेवार स्वयम् बालुवाटर र बालुवाटारबाट परिचालित उसका दुतहरु हुनेछन।’

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ