• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ५१ पुग्यो

    1.2K
    SHARES

    काठमाडाैं । लकडाउन अन्त्य भएको ८ दिन बित्ने लाग्दा फेरी नेपालमा कोरोनाले बिकराल रुप लिने संकेत गरेको छ ।  कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा बुधबार थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५१ पुगेको छ । ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पताल र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो ।

    वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायका अनुसार ६८ वर्षीय पुरुष ८ गते अस्पताल भर्ना भएका थिए । मुटु र निमोनियाका बिरामी उनको बुधबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।

    यस्तै ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो । उपचारका क्रममा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट नआउँदै बुधबार विहान मृत्यु भयो । बुधबार साँझ पोजेटिभ रिपोर्ट आएको छ ।

    त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना नेपालमा जम्मा संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित पत्रकार सम्मेलनमा यसोजानकारी दिएका हुन् । यस्तै ५ हजार ३६० सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ ।

    लकडाउन अघिको ८ दिनमा जम्मा ३.० प्रतिशत र लकडाउन अन्त्य भइसकेपछिको ८ दिनमा ३.७ प्रतिशतमा कोरोना संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बुधबार थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २१ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

    कहाँ कति थपिए ?

    गौतमका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा मोरंगका ३ जना र सुनसरीका १ जनामा कोरोना पुष्टि भएको छ।

    त्यस्तै, कोशी अस्पताल विराटनगर प्रयोगशालामा मोरंगका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरंगका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सप्तरीका १ जना, सर्लाहीका १ जना, धनुषाका १२ जना र महोत्तरीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यस्तै, नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालामा पर्साका ३४ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुरका १ जना, धादिंगका ७ जना, कपिलवस्तुका २ जना र काठमाडौंका २ जनामा कोरोना फेला परेको छ।

    त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौंका ७ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा नवलपरासी पूर्वका २ जना र रौतहटका १ जनामा कोरोना संक्रमण भेटिएको छ।

    वीर अस्पताल प्रयोगशाला काठमाडौंमा काठमाडौंका २ जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल प्रयोगशाला महाराजगञ्जमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल काठमाडौंमा सप्तरीका १ जना, स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका २ जना र महोत्तरीका १ जनामा कोरोना पुष्टि भएको छ।

    प्रादेशिक क्षयरोग केन्द्र पोखरा प्रयोगशालामा बाग्लुंगका ७ जना, स्याङ्जाका २६ जना, म्याग्दीका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पाइएको छ। त्यस्तै सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशाला सुर्खेतमा सुर्खेतका १ जनामा पनि कोरोना पाइएको छ।

    यसैगरी डडेल्धुरा अस्पताल प्रयोगशालामा बैतडीका २ जना र डोटीका १५ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, सेती प्रादेशिक अस्पताल प्रयोगशालामा डोटीका ३७ जना, कैलालीका ८ जना र कञ्चनपुरका ८ जनामा कोरोना भेटिएको छ। योसँगै आज कुल २ सय १० जनामा कोरोना संक्रमण भेटिएको हो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया