• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    काठमाडौँ उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि

    1.1K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार ५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५३ जना संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

    उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ११ जना र भक्तपुरका १ जना गरी १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

    त्रिवि शिक्षण अस्पताल टिचिङ मा गरिएको परीक्षणमा काठमाडौंका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका ९ र ललितपुरका १ जना संक्रमित थपिएका उनले जानकारी दिए ।

    त्यसैगरी, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका १ जना र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौका २१ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्टार अस्पताल सानेपामा काठमाडौका ६ जना र ललितपुरका २ जना कोरोना संक्रमित थपिएका छन् । मंगलबार देशैभर ३११ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाको छ ।

    पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार८७५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

    कुल संक्रमित मध्ये ७२.८ प्रतिशत संक्रमित कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ