• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस समाचार

    सुनको भाउले कायम गर्याे नयाँ रेकर्ड, तोलाको ९८ हजार २ पुग्याे

    212
    SHARES

    काठमाडौं । सुनको भाउले मंगलबार पनि नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागिरेको सुनको मूल्य आज तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा ७ सय रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार प्रति औंस १३ डलरले वृद्धि भएको छ ।

    अब सुनको भाउ केही दिनमै तोलामा लाख कट्ने अवस्था देखिएको महासंघका पदाधिकारी बताउँँछन् । चाँदी मंगलबार तोलामा ३५ रुपैयाँ बढेको छ । तोलाको १२ सय ४५ रुपैयाँमा चाँदी कारोबार हुँदैछ । यस्तै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभिन थप सहजीकरण गर्ने भएको छ ।

    वित्तीय स्थिरताका लागि ठूला बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभ्ने वा प्राप्ति गर्ने प्रक्रियालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिले आत्मसात् गरेको दिशालाई थप प्रष्ट पार्दै नयाँ निर्देशन जारी गरेको हो । नेपाल राष्ट्र बैंकले यही साउन २ गते चालू आवको मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

    केन्द्रीय बैंकले ‘क’ वर्गका बैंक एकआपसमा गाभिएको खण्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को उमेर हदका सम्बन्धमा पनि खुकुलो नीति अख्तियार गरेको छ । साविकको व्यवस्थाअनुसार ६५ वर्ष उमेर पुगेकाले ‘क’ वर्गका वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत बन्न नपाउने व्यवस्था थियो । तर ठूला बैंक एकापसमा गाभिने अवस्थामा भने उमेर हदका सम्बन्धमा समेत कुनै छेकबार नलगाउने नीति केन्द्रीय बैंकले लिएको छ ।

    आज जारी गरिएको एकीकृत निर्देशन अनुसार २०७८ असार मसान्तसम्म वाणिज्य बैंक एकापसमा गाभिएको अवस्थामा एकीकृत कारोवार शुरु गरेपछिको एक कार्यकालका लागि सो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ ।

    त्यस्तै केन्द्रीय बैंकले मौद्रिक नीतिमा उल्लेख गरेअनुसार ठूला वाणिज्य बैंक एकआपसमा गाभिने वा प्राप्ति गरेको अवस्थामा अनिवार्यरुपमा राख्नुपर्ने नगद मौज्दातको हकमा पनि २०७९ असार मसान्तसम्म ०.५० प्रतिशतले छुट दिने निर्देशनमा स्पष्ट पारिएको छ ।

    इजाजत पत्र प्राप्त संस्थाले कुनै एउटा फर्म, कम्पनी वा संगठित संस्थाबाट आफ्नो कूल निक्षेपको बढीमा १० प्रतिशतसम्मको सीमामा नबढ्ने गरी संस्थागत निक्षेप परिचालन गर्न पाउने व्यवस्थासमेत निर्देशनले गरेको छ ।

    यस्तै २०७८ असार मसान्तभित्र गाभ्ने÷गाभिने तथा प्राप्ति प्रक्रिया पूरा गरी संयुक्त कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकले २०७९ असार मसान्तसम्म कायम गर्नुपर्ने निक्षेप सीमामा थप पाँच प्रतिशत विन्दुसम्म संस्थागत निक्षेप परिचालन गर्न पाउने भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ