• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights विजनेस

    बाजुराकाे हवाई सेवा पुनः सञ्चालनमा

    205
    SHARES

    बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् ।

    गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् । सरकारको मापदण्ड पूरा गरी केही दिनदेखि उडान शुरु भएको नागरिक उड्डयन कार्यालय कोल्टीले जनाएको छ ।

    कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले आरडीटी अनिवार्य गरेर मास्क, पञ्जालगायत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी उडान शुरू गरिएको बताए । आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाइने बडिमालिका एयर कार्गो सेवा राजा एयरपोट प्रतिनिधि ज्ञानु बमले जानकारी दिए ।

    बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा पुनः सञ्चालन हुने देखिएपछि नागरिक खुशी भएका छन् । कोरोना सङ्क्रमणबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा पुनःसञ्चालन भएको र फेरि पनि सुरक्षाका उपायमा हेलचक्राइँ गर्न नहुने स्वास्थ्यकर्मीको भनाइ छ । विशेष गरेर प्रसूति र अन्य बिरामीलाई सहज हुने भएको छ ।

    यसैबीच राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् । एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् ।

    गत मङ्गलबार बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरो बिहीबार साँझ मात्रै एकतर्फ खुलेको थियो । एकतर्फी खुलाइएको सडकमा साना सवारी जीप, कार सञ्चालनमा आए पनि खाद्यान्न सामग्री ल्याएका एवं ढुङ्गा, सिमेन्ट, रडलगायतका सामान बोक्ने ट्रक आठ दिनयता बोक्से छेउछाउमै रोकिएका छन् ।

    मालबाहक ट्रकसहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि आठ दिनदेखि ट्रकको बास भएको बताए । ‘भएको पैसा खाएर सकियो, यतिका दिन भइसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दासमेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन,’ उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ