• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    वीरगञ्जमा कोरोना संक्रमणबाट एक यवतिकाे मृत्यु

    810
    SHARES

    काठमाडौं । वीरगञ्जको नारायणी कोरोना विषेश अस्पतालमा उपचारत एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका डाक्टर निरज सिंहका अनुसार बाराकी १७ वर्षीया किशोरीको मृत्यु भएको हो । ती किशोरीको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

    डा सिंहका अनुसार ती किशोरीलाई सुरुमा वीरगञ्ज हेल्थ केयरमा उपचारका लागि लगिएको थियो । हेल्थ केयरले कोरोनाको आशंका गर्दै आरडीटी परीक्षण गर्दा एण्टीबडि पोजेटिभ देखिएपछि हिजो नारायणी कोरोना विषेश अस्पतालमा रेफर गरिएको थियो ।

    डा सिंहका अनुसार उनको हिजो नै पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको थियो । उनको आज बेलुका मृत्यु भएको र पीसीआर परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो । नेपालमा शुक्रबार थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ५ हजार ३ सय ८३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    कहाँ कति थपिए ?

    डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका एकजना र सुनसरीका एकजना, कोशी अस्पताल विराटनगरमा झापाका ६ जना, मोरङका एकजना, सप्तरीका ७ जना र सुनसरीका एकजनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १९ जना, सुनसरीका ३ जना र मोरङका एकजना, नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, सर्लाहीका एकजना र पर्साका ३० जना संक्रमित भएका छन् ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका एकजना, सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका एकजना, काठमाडौंका ५ जना र उदयपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जना, लमजुङका ३ जना, बाग्लुङका एकजना र तनहुँका एकजना संक्रमित भेटिएका छन् ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा थरिएको परीक्षणमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना, लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा नलवपरासी पूर्वका ४ जना, रुपन्देहीका ४ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जाजरकोटका एकजना र कालिकोटका २ जनामासंक्रमण पुष्टि भएको छ ।

    यस्तै दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ