• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    इंग्लिस प्रिमियर लिगमा चेल्सीमाथि लिभरपुलको शानदार जीत

    274
    SHARES

    काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले चेल्सीमाथि शानदार जीत निकालेको छ ।

    बुधबार राति भएको खेलमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले हराएको छ । एनफिल्डमा लिभरपुलसँगको हारसँगै चेल्सीको शीर्ष चारको यात्रा कठिन बनेको छ । अब चेल्सीले शीर्ष चारमा स्थान बनाउनको लागि अन्तिम खेलमा वल्भ्सलाई पराजित गर्नुपर्ने हुन्छ ।

    तेस्रो र पाँचौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीबीचको खेलले पनि चेल्सीको शीर्ष चारको यात्रालाई तय गर्नेछ । लिभरपुलको जीतमा नावी केइटा, ट्रेन्ट एलेक्सन्डर अर्नोल्ड, जर्जिन्हो विज्नल्डम, रोवर्टो फिर्मिन्हो र एलेक्स अक्सलेड चेम्वरलेनले गोल गरे । चेल्सीका ओलिभर जिरुउड, टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे ।

    लिभरपुलसँगको हारसँगै चेल्सी ६३ अंक जोडेर चौथो स्थानमा झरेको छ । समान ६३ अंक रहेपनि म्यानचेस्टर युनाइटेड गोल अन्तरमा तेस्रो स्थानमा उक्लिएको छ । लिभरपुलको ९६ अंक पुगेको छ । च्याम्पियन बनेको लिभरपुलले यही खेलपछि नै प्रिमियर लिगको ट्रफी उचालेको छ।

    यस्तै प्रिमियर लिगमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङको आक्रामक खेलको सिकार बनेको वाटफोर्ड रेलिगेसन क्षेत्रबाट उम्किन चुकेको छ । बुधबार बिहान भएको खेलमा सिटीसँग वार्टफोड आफ्नो घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित भएको हो ।

    सिटीसँग लज्जास्पदा हार ब्योहोरेको वार्टफोड लिगमा ३४ अंकसहित १७औं स्थानमा छ । लिगको शीर्ष दोस्रो स्थानमा रहेको सिटीको जीतका लागि स्ट्रलिङले दुई गोल गरे भने फिल फोडेन र एमेरिक लापोर्तेले समान एक–एक गोल गरे ।

    खेलको पहिलो हाफमा २–० गोलको सहज अवस्थामा पुगेको सिटीका लागि स्ट्रलिङले ३६ र ४१ औं मिनेटमा गोल गर्दै टीमलाई दोहोरो अग्रता दिलाएका थिए । दोस्रो हाफमा फोडेनले ६०औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए भने लार्पोतेले ६६औं मिनेटमा गोल गरेका थिए ।

    ४–० गोलले पछि परेको वाटफोर्डका लागि गोल फर्काउने समय रहेपनि उसले अवसलाई सदुपयोग गर्न नसक्दा फराकिलो हार ब्योहोर्न बाध्य भयो । ३७ खेल खेलेको सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ