• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    लकडाउन अन्त्य गरेको २४ घण्टापछि राष्ट्रपति भण्डारीले दिइन यस्तो प्रतिक्रिया, देशैभर तरंग

    8.1K
    SHARES

    काठमाडौं । सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट बच्न आवश्यक नियमहरू पालना गर्न आग्रह गरेकी छन् । भण्डारीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत जनजीवन सहज पार्नका लागि मात्रै सरकारले लकडाउन सरल बनाएको उल्लेख गरेकी हुन् ।

    जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि कोरोना महामारीको जोखिम टरिसकेको छैन’ राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘तसर्थ स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु ।’

    ११ चैतबाट सुरु भएको लकडाउन सरकारले ६ साउन राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरेको थियो । लकडाउन सकिए पनि भेला, समारोह, तालिम, सेमिनार, शैक्षिक संस्था सञ्चालन, समूहमा गरिने खेलकुद आदि भने खुल्ला भएको छैन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्।

    म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा गौतमले बताए ।

    ‘सरकारले कोभिड १९ को महामारीको सन्त्राषमा रहेको जनजीवनलाई विस्तारै नवसामान्यकिरण गर्ने सन्दर्भमा सरकारले बन्दाबन्दी हटाएर विभिन्न क्रियाकलापहरुलाई विस्तारै विस्तारै संचालनमा ल्याउने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘यसलाई हामीले कोभिड १९ को महामारी सकिएको भनेर नबुझिदिनुहुन सबैमा अनुरोध छ। जोखिम अझै धेरै नै छ । विश्वका धेरै देशहरुले हाम्रो जस्तो अवस्थामा त्रुटी गर्नाले धेरै जनधनको क्षती बेहोरेको देखेका पढेका र सुनेका छौं ।’

    डा गौतमले कोरोना संक्रमणबाट बच्न लकडाउनको अवस्थामा जस्तै अत्यावश्यक काम पर्दा मात्र घरबाहिर निस्किन, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा साबुन पानीले हात हुने तथा मन्त्रालयले कोरोना सर्ने जोखिमबाट बच्ने उपायबारे बनाएका मापदण्ड पालना गर्न पनि आग्रह गरे ।

    त्यस्तै नेपालमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

    थप २ जनाको ज्यान गएसँगै सरकारले कोरोना भाइरस संक्रमणको जोखिम नघटेको रहन अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत कोरोना संक्रमणको जोखिम नघटेको जानकारी दिएका हुन्।

    ‘म फेरि पनि भन्न चाहन्छु, कोरोनाको जोखिम घटेको छैन,’डा गौतमले भने, ‘केही नियन्त्रणमा आएको मात्र हो ।’ सावधानी नअपनाउँदा कोरोना संक्रमणको दर फेरि बढ्न सक्ने पनि डा गौतमले बताए ।

    उनले भने, ‘हामीले सावधानी अपनाएनौं भने संक्रमण दर बढ्न पनि सक्छ, हामीले छिमेकी देशहरुको उदाहरणबाट पनि सिक्न सक्छौ।’ सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन आजदेखि अन्त्य गरेपनि व्यक्ति स्वयंले कोरोनाबाट बच्न सचेत हुनुपर्ने डा गौतमको भनाइ छ ।

    ‘सरकारले कोभिड १९ को महामारीको सन्त्राषमा रहेको जनजीवनलाई विस्तारै नवसामान्यकिरण गर्ने सन्दर्भमा सरकारले बन्दाबन्दी हटाएर विभिन्न क्रियाकलापहरुलाई विस्तारै विस्तारै संचालनमा ल्याउने निर्णय गरेको छ,’ डा गौतमले भने, ‘यसलाई हामीले कोभिड १९ को महामारी सकिएको भनेर नबुझिदिनुहुन सबैमा अनुरोध छ। जोखिम अझै धेरै नै छ । विश्वका धेरै देशहरुले हाम्रो जस्तो अवस्थामा त्रुटी गर्नाले धेरै जनधनको क्षती बेहोरेको देखेका पढेका र सुनेका छौं ।’

    डा गौतमले कोरोना संक्रमणबाट बच्न लकडाउनको अवस्थामा जस्तै अत्यावश्यक काम पर्दा मात्र घरबाहिर निस्किन, घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्ने, एकअर्कामा दूरी कायम गर्ने, समय समयमा स्यानिटाइजर प्रयोग गर्ने तथा साबुन पानीले हात हुने तथा मन्त्रालयले कोरोना सर्ने जोखिमबाट बच्ने उपायबारे बनाएका मापदण्ड पालना गर्न पनि अपिल गरेका छन् ।

    नेपालमा बुधबार थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    ५ हजार ३७० जना सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७७९ जनाको परीक्षण गर्दा एक सय जनामा कोरोना पुष्टि भएको डा गौतमले बताए । डा गौतमका अनुसार हाल देशभर ५ हजार ३ सय ७० जना संक्रिय संक्रमितहरु रहेका छन् ।

    विज्ञ भन्छन्- लकडाउन सकियो, जोखिम बढ्यो

    सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै सम्बन्धित विज्ञहरूले यसबाट कोरोना संक्रमणको जोखिम थप बढेको बताएका छन्। कोरोना जोखिम कायम रहेकाले अब आफैं सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

    ‘लकडाउन सकिए पनि कोरोना सकिएको छैन। आगामी दिनमा थप सजग हुनुपर्छ,’ संक्रमण रोग विशेषज्ञ डा. शेरबहादुर पुनले मन्त्रिपरिषदको निर्णयपछि भने, ‘लकडाउन सकियो भन्दैमा कोरोना नै सकिएजस्तो व्यवहार नदेखाऔं। शारीरिक दुरी कायम राख्न, साबुन पानीले हात धुन र मास्कको अनिवार्य प्रयोग गर्न हेलचेक्र्याइँ नगरौं।’

    सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए।

    विज्ञहरूले भने काठमाडौंजस्तो ठूलो जनघनत्व भएका ठाउँमा यसले थप जोखिम बढेको बताएका छन्। यहाँ संक्रमण कायम रहेकाले लकडाउन अन्त्य भएको अवस्थामा थप सतर्क हुनुपर्ने आवश्यकता उनीहरूले औंल्याए।

    ‘अधिकांश संक्रमितलाई लक्षण देखिएको छैन। कोबाट कसलाई संक्रमण सर्छ भन्ने टुंगो छैन। अब हरेक व्यक्तिलाई संक्रमित हो कि भन्ने सोचेर आफैं सावधानीका उपाय अपनाउनुपर्छ,’ डा. पुनले भने।

    उनले लकडाउन अन्त्य गर्ने सरकारको निर्णय भने स्वाभाविक नै रहेको तर्क गरे। ‘तथ्यांकले संक्रमण कम हुँदै गएको देखाएको छ। लकडाउन गरेको धेरै भइसकेको थियो। यो दीर्घकालीन उपाय पनि होइन,’ उनले भने, ‘कुनै न कुनै दिन त हामीले आफैं सतर्क भएर सावधानीका उपाय अपनाउनैपर्ने थियो।’

    लकडाउन खुलेको नाममा व्यक्तिगत सावधानीमा सम्झौता गरियो भने आगामी दिनमा फेरि संक्रमण बढ्ने सम्भावना उनले औंल्याए। यस्तो अवस्थामा बढी जोखिममा रहेका वृद्धवृद्धा र दीर्घरोगका बिरामीलाई सुरक्षित रहन उनले सुझाए।

    ‘परिवारमा वृद्धवृद्धा छन् भने उहाँहरूलाई सुरक्षित राख्नुपर्छ। यसमा युवा उमेरका व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुन्छ। कामको सिलसिलामा धेरै बाहिर घुलमिल हुने र रोग सार्नसक्ने कामकाजी युवा समूहले नै हो। उहाँहरूले आफ्नो परिवारमा रहेका त्यस्ता जोखिमपूर्ण सदस्यहरूको ख्याल राख्नुपर्छ,’ डा. पुनले भने।

    लकडाउन अन्त्यपछि जोखिम बढे पनि संक्रमण ठ्याक्कै कुन अवस्थामा पुग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने उनले बताए। सरकारलाई कोरोना रोकथाममा सुझाव दिइरहेका नेपाल मेडिकल काउन्सिलका अध्यका डा. भगवान कोइरालाले पनि लकडाउन अन्त्यको निर्णय ठिक रहेको भन्दै अब सतर्कता र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्ने बताएका छन्।

    ‘समुदायमा संक्रमण फैलिनसकेकाले लकडाउन अन्त्य गर्नु ठिकै हो, तर अब थप सतर्कता अपनाउनुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘लापरबाही गरियो भने फेरि ह्वात्तै फैलिन्छ।’ सरकारले अब दुई-दुई साताको अवस्था विश्लेषण गरेर थप निर्णय लिँदै जानुपर्ने उनको सुझाव छ। ‘संक्रमण दर बढ्यो भने जुनसुकै अवस्थामा थप कडाइ गर्ने गरी निर्णय गर्न सरकार तयार रहनुपर्छ,’ उनले भने।

    पछिल्लो समय संक्रमण घटे पनि समुदायमा फैलिएको छैन भनेर ढुक्क नबस्न उनले भनेका छन्। लकडाउन खुलेपछि होटल, रेस्टुरेन्ट, जिमजस्ता बढी आवतजावत हुने स्थानमा थप सतर्कता अपाउनुपर्ने उनले बताए।

    त्यस्तै मापदण्ड पालना नगर्नेहरूलाई कानुनको दायरामा ल्याउन पनि विज्ञहरूले जोड दिएका छन्। लापरबाही र मापदण्ड पालना नगर्दा नै संक्रमण फैलिने भन्दै सरकारले यी कुराको कडा निगरानी गर्नुपर्ने उनीहरूले बताएका छन्। जनस्वास्थ्यविद् डा. राजेन्द्र बिसीले अबको संक्रमणको जोखिम भनेको वृद्धावृद्धा र दीर्घरोगीहरूलाई जोगाउनु रहेको बताए।

    ‘संक्रमणको दर त बढ्छ नै, तर बढी जोखिम बुढापाका र दीर्घरोगीहरूलाई छ,’ उनले भने, ‘अधिकांश संक्रमितलाई लक्षण देखिँदैन अनि लक्षण नदेखिएपछि मानिसहरू कसरी परीक्षण गर्न जान्छन्? परीक्षण नभएपछि उनीहरू आफ्ना परिवारमा रहेका बुढापाका र दीर्घ रोगीको सम्पर्कमा पुगे भने सबभन्दा जोखिम त्यहाँ रहन्छ।’

    उनले अगाडि भने, ‘अब जे गर्नुपर्छ मैले नै गर्नुपर्छ भन्ने सोच सबैले लिनुपर्यो। मेरो परिवारलाई म आफैं बचाउँछु भनेर सोच्नुपर्यो। यसरी सोचियो भने धेरै हदसम्म संक्रमणबाट जोगिन सकिन्छ।’ स्वास्थ्य मन्त्रालयको विज्ञ टोली भने सरकारको निर्णयबाट असन्तुष्ट छ।

    ‘हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन,’ विज्ञ टोलीका एक सदस्यले भने, ‘कम्तीमा दुई-दुई साताको अवस्था विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो।’

    उनले सबैले आ-आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए। ‘पर्यटन व्यवसायी, उद्योगी सबैले आ-आफ्नो स्वार्थ राखे। त्यसैले पनि सरकारलाई एकैचोटि लकडाउन अन्त्य गर्न दबाब भयो,’ उनले भने।

    सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ‘सिसिएमसी’ को सिफारिसमा गरेको हो। सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन।

    ‘हामीले त अहिले एकैचोटि सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं। माेटरसाइकलमा पनि केही समय जोर-बिजोर प्रणाली यथावत् राखौं भनेको हो,’ उनले भने, ‘तर यहाँ सबैको आ-आफ्नै स्वार्थले यो कायम रहन सकेन। हामीले कम्तिमा साउन २० गतेसम्म अहिलेको स्थिति यथावत् राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं।’

    सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ। अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भए पनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन्।

    लकडाउन एकैपटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। ‘काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन। कति मानिस लुकिछिपी प्रवेश गरेका छन्,’ विज्ञ समूहका एक सदस्यले भने, ‘कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो। त्यस्ता व्यक्तिको परीक्षण भएको छैन। त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ