• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    क्रिस्टल प्यालेसलाई हराउँदै उल्भ्स प्रिमियर लिगको छटौँ स्थानमा

    216
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको छ । सोमबार राति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जीत निकाल्दै उल्भ्स तालिकाको शीर्ष ६ क्लबभित्र अटाएको छ । योसँगै उल्भ्सले युरोपा लिगमा छनोटको सम्भावनालाई कायमै राखेको हो ।

    क्यास्टेलो पौडेन्सले ४१औं मिनेटमा घरेलु टोली उल्भ्सलाई अग्रता दिलाएका थिए । कास्ट्रो ओटोले ६८ औं मिनेटमा गोल गर्दै उल्भ्सको जीत सुनिश्चित गरेका थिए । उल्भ्सले टोटेनहमलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ । आईतबार चेल्सीबिरुद्ध हुने लिगको अन्तिम खेलले उल्भ्सको गत सिजन भन्दा राम्रो नतिजा हुने-नहुने पक्का गर्नेछ । गत सिजन उल्भ्सले सातौं स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।

    छैटौँ स्थानको उल्भ्सले ५९ अंक जोडेको छ । उल्भ्स सातौँ स्थानको टोटेनहम भन्दा एक अंकले मात्र अघि छ । क्रिस्टल प्यालेस ४२ अंक सहित १४औं स्थानमा रहदै शीर्ष डिभिजनमा अडिने पक्का गरिसकेको छ ।

    यस्तै क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जीत निकालेको छ । सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्सको जीतमा दुबै गोल रोनाल्डोले गरे ।

    योसँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जीत्न मात्र ४ अंक आवश्यक देखिएको छ ।

    रोनाल्डोले पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । सिरो ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहेन ।

    रोनाल्डो सिरि ए मा ३० गोल पुरा गर्ने युभेन्ट्सका तेस्रो खेलाडी बनेका छन् । ईम्मोबिल भने ३० गोल पूरा गर्ने पाँचौ ईटालियन खेलाडी हुन् । रोनाल्डो सबै भन्दा छिटो ५० गोल पूरा गर्ने सिरि एको यस शताब्दीकै पहिलो खेलाडी हुन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ