• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बारामा ४६ र गण्डकीका १२ जनामा कोरोना संक्रमण पुष्टि

    620
    SHARES

    वीरगञ्ज । बारामा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । ७४ वटा नमुना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए । संक्रमित मध्ये ११ जना महिला र ३५ जना पुरुष छन् ।

    बाराका प्रमुख जिल्ला अधिकारी रुऽप्रसाद पण्डितका अनुसार देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका ३, कलैया उपमहानगरपालिकाका ३ जना र धनकौलका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा गाउँपालिका अध्यक्षसहित ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ६ जना गाउँपालिकाका कर्मचारी, ६ जना स्वास्थ्यकर्मीको परिवारका सदस्य र बाँकी स्थानीय छन् ।

    देवताल गाउँपालिकाका क्वारेन्टिन ईन्चार्ज शिव साहका अनुसार सबैको स्वाब एकै ठाउँमा संकलन गरिएको थियो । ‘गाउँपालिकाको क्वारेन्टिन असार २३ गतेबाट बन्द भयो । अन्तिम पटक जनप्रतिनिधि र स्वास्थ्यकर्मी सबैको पीसीआर गराउँ भनेर गराएका थियौं’ उनले भने, ‘७१ जनाको स्वाब पठाएकोमा ४६ जनाको पोजेटिभ आयो ।’

    संक्रमितलाई कलैयास्थित आइसोलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए । ‘स्वाब दिएर पनि कतिपय बाहिर गएका रहेछन् । उनीहरुलाई सम्पर्कमा ल्याउने र आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ’ उनले भने ।

    यस्तै पर्साका ४ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये एक जना पेड पीसीआर गराएका, एक जना आरडिटी पोजेटिभ र दुई जना कुमु होटलमा पेड क्वारेन्टिन बस्दै आएका व्यक्ति भएकोस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

    त्यस्तै पोखरा महानगरपालिकामा- ८ जनासहित तनहुँ, स्याङ्जा र लमजुङमा १२ जना कोरोना भाइरस स‌क्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

    त्यस्तै सोमबार थपिएका मध्ये तनहुँका २ जना तथा स्याङ्जा र लमजुङका एक-एक जना हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३१७ पुगेको छ । गण्डकीमा १००४ जना भने डिस्चार्ज भएर घर फर्केका छन् । मृत्यु हुने चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले गण्डकी प्रदेशमा एक हजार ८२४ जना क्वारेन्टाइनमा छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ