• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एकाविहानै प्युठानबाट आयो दुखद खबर, ७ जनाको मृत्यु, यस्तो छ थप विवरण

    3.2K
    SHARES

    स्वर्गद्वारी । प्यूठानको स्वर्गद्वारीमा ट्याक्टर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका २ स्थित भिंगृ–स्वर्गद्वारी सडकखण्डको रुमालेमा शनिबार राति लु २ त ४२३४ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत सडक बनाउन खटिएका कामदारहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    उनीहरु सबैजना भिंगृ– स्वर्गद्वारी सडकमा काम गर्ने कामदारहरु हुन् । मृत्यु हुनेहरु रोल्पा रुम्टीगढी गाउँपालिका ५ का ६ जना र रोल्पाकै त्रिवेणी गाउँपालिका चालक हुन् ।

    मृत्यु हुनेहरु रोल्पा रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत,वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर, उमेर नखुलेका गोर्बधन बुढामर रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकृत प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

    सडक निर्माणको काम गर्ने कामदारहरु साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनमा परेको हो । ट्याक्टर घुम्तीबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । घटनास्थलमा प्रहरी, स्थानीय, नेपाली सेना आइतबार सबेरै पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।

    यसैबीच उता गुप्तादहमा डुबेका किशोरको ३ दिनपछि शव फेला परेको छ । बुधबार पौडी खेल्नेक्रममा डुबेका सिस्ने गाउँपालिका–१ का १९ वर्षीय लजिम बुढाको शव शुक्रबारमात्रै दहको बीचमा हिलोमा धसिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    गुप्तादह गाउँभन्दा माथि छ । बुधबार डुबे पनि बुधबार र बिहीबार उनको खोजी नै भएको थिएन । स्थानीयले खोज्ने प्रयास गरेनन् । प्रहरी पुग्दा २ दिन लाग्यो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नायगाडको टोली पुगेर उनको खोजी गरेको थियो । प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा प्रहरी टोली गुप्तादह पुगेको थियो ।

    ३ हजार ४ सय मिटर उचाईमा रहेको गुप्तादह आसपासमा उनी गोठालो गएका थिए । गुप्ता दह यो समयमा भरीभराउ छ । वस्तुभाउ नै लिएर सर्वसाधारण बस्ने/जाने गरेका छन् । तस्विर : गुगलबाट

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ