• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेस

    माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा नायिका श्वेता खड्का नियुक्त

    1.1K
    SHARES

    काठमाडौँ । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनमाको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो । माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    अभिनेत्री, समाजसेवी, युवा व्यवसायी एंव अन्य थुपै क्षेत्रमा राम्रो छवि बनाउन सफल खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुच पुग्ने बिश्वास बैंकले लिएको छ । नायिका खड्काले २० बर्ष लामो इतिहास बोकेको बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउँदा आफूलाई खुसी ब्यक्त गरेकी छन् ।

    लगत्तै आफ्नो अफिसिएल फेसबुकमा स्टाटस लेख्दै नेपालको ठुलो बैंकमा काम गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् । बैंकले देशभरका आफ्ना १ सय ५९ वटा शाखामार्फत अत्याधुनिक बैंकिङ सेवा प्रवाह गर्दै आएको छ । त्यस्तै बैंकले १ सय ९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत ग्राहकलाई सेवा दिइरहेको छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ