• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बिद्रोही नेकपाद्वारा बाढीपहिरोका मृतकप्रति श्रद्धाञ्जली, पीडित परिवारलाई ५२ हजार आर्थिक सहयोग

    605
    SHARES

    काठमाडौँ । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी बझाङले सरकारी प्रतिबन्धकाबीच बाढी पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली  ब्यक्त गर्न एक सभाको सम्पन्न गरेको छ । नेकपा बझाङले  गत असार १९ गते राति केदारस्यु गाउँपालिका ८ मल्लेसिमा बर्षापछि आएको बाढीपहिरोमा परि ज्यान गुमाउनेहरुको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

    उक्त पहिरोमा परि २१ घर पुरिएर ७ जनाको ज्यान गएको दु:खद घटनाको १३औ दिनको तिथिमा जिल्लाको मल्लेसिमा नेकपाले केपी सरकारले लागाएको प्रतिबन्धको प्रतिबाद गर्दै श्रद्धाञ्जली सभा गरेको हो । सोही कार्यक्रममा पीडित परिवारहरुलाई राहत स्वरुप ५२ हजार सहयोग गरेको नेकपा बझाङका इन्चार्ज बिराटले सञ्चारकेन्द्रलाई जानकारी दिएका छन् ।

    विराटले आफ्नो पार्टीले जनताको दुख र पीडामा हातेमालो गर्दै भ्रष्टाचार र दलालको विरुद्धमा कडा संघर्ष गरिरहेको जनाउदै यसैबीच आफ्नो पार्टीका केन्द्रिय सदस्य तथा सेतिमहाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र महिला संगठनकी सेम ब्युरो संयोजक पुर्णिामा धामीलगायतका नेता कार्यकर्तालाई ओली सरकारले गिरफ्तार गरेकोप्रति आक्रोश ब्यक्त गरेका छन् ।

    उनले सञ्चारकेन्द्रसँग कुरा गर्दै देशैभरी आफ्ना पार्टीका दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरि अमानवीय ढंगबाट यातना दिने, झुटा मुद्दा लगाएर जेलमा राख्ने जस्ता अराजनीतिक कार्य गरेको भन्दै सरकारका बिरुद्ध आफ्नो पार्टी कडा संघर्षमा उत्रिने बताए । बिहिबार नै जिल्ला इञ्चार्ज बिराट र सेक्रेटरी हरिलालले एक बिज्ञप्ति जारी गर्दै  भ्रष्ट दलाल ओली सत्ताको फासिबादी हर्कतको घोर निन्दा गरेका छन् । “जेल र हिरासतमा रहेका नेता कार्यकर्ताको निशर्त रिहाईको जोडदार माग गर्दछ। अन्यथा दलाल सत्ताका सम्पूर्ण हर्कतको प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छ।” विज्ञप्तिमा भनिएको छ ।

    यस्तै नेकपा बझाङले कोरोना भाइरसको महामारी र बाढी पहिरोपीडित जनताको उचित राहतको ब्यवस्था गरि बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीका जनताको शिघ्र उद्वार गर्न पनि सरकारसँग  माग गरेको छ । विज्ञप्तिमार्फत एकीकृत जनक्रान्ती मार्फत भ्रष्ट दलाल संसदीय ब्यवस्थाको खारेजी र वैज्ञानिक समाजवाद स्थापना गर्ने आन्दोलनमा सहभागी हुन आम राष्ट्रवादी जनतालाई अपिल समेत गरिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ