• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    महामारीका बेला जनतासँग पैसा असुल्ने बैंकिङ्ग संस्थामाथि बिद्रोही नेकपाको कारवाही

    4.5K
    SHARES


    काठमाडौँ । देश कोरोना महामारीले अस्तव्यस्त बनेका बेला पनि जबर्जस्ती जनतासँग पैसा असुल्ने बैंकिङ्ग संस्थामाथि बिद्रोही नेकपाले  कारवाही गरेको छ । नेकपाले किस्ता र ब्याज असुली गरेकाे भन्दै सल्यानमा जिल्ला स्थित मुक्तिनाथ बैंककाे सटरमा ब’म राखेकाे छ ।

    जिल्लाकाे बागचौर नगरपालिकाको बागचौर बजारमा रहेको मुक्तीनाथ विकास बैंकको शाखा कार्यालयको सटरमा गएराती बाल्टिन ब’म भेटिएको स्रोतले बताएको छ ।

    नेकपाकाे जनपरिषद सल्यानको नाममा कार्यालय बाहिर बम राखेको र बमसंगै राखेको पर्चामा कोरोना महामारीको समयमा समेत किसानहरुसंग ऋण असुली गरेको, लकडाउनको समयमा किसानहरुलाइ ऋण तिर्न बाध्य पारेको लगायतका कुरा पर्चामा लेखिएकाे छ । बम राखेकाे जिम्मा विप्लव नेकपाले लिएकाे छ ।

    साे पार्टीका सल्यान जिल्ला सेक्रेटरी तुफानले महामारीका बेला बैंक तथा लघुवित्तले नागरिकहरुबाट ब्याजी किस्ता असुलीरहेकाे कारण चेतावनी स्वरुप जनपरिषद् सल्यानका संयाेजक बारुदकाे नेतृत्वमा पहिलाे कारबाही स्वरुप यस्ताे कार्य गरेकाे बताए ।

    उनले अब पनि बैंक तथा लघुवित्तहरुले किस्ता उठाउन नछाेडे कडा कारबाही गर्ने बताए । यसअघि पनि साे पार्टीले लकडाउनमा किस्ता नउठाउन प्रेस विज्ञप्ती जारी गरेकाे थियाे । अहिले बैंक आसपासको क्षेत्र सिल गरिएको र जिल्लाबाट ब’म डिस्पोजल टोली घटनास्थल पुग्न लागेको प्रहरीले जनाएको छ ।

    यस्तै बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र अनेमसंघकी नेतृ पूर्णिमा धामीलाई प्रहरीले गिरफ्तार गरेपछि नेकपाका सचिवालय सदस्य तथा पश्चिम कमान्ड इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले पार्टीलाई स्तब्ध र आक्रोशित तुल्याएको बताएका छन् ।

    बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै  नेकपा नेता कञ्चनले पार्टीका तमाम नेता र कार्यकर्ताहरूको गिरफ्तारी र दमन गर्ने फासिवादी अभियानको निरन्तरतामा आज असार ३१ गते बिहान कैलालीको फूलबारीबाट पार्टीको काममा हिँडिरहेका हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इञ्चार्ज कमरेड ओमप्रकाश पुन मगर र महिलानेत्री पूर्णिमा पुनलाई सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गिरफ्तार गरेको छ । उक्त गिरफ्तारीले सिङ्गोलाई स्तब्ध र आक्रोशित तुल्याएको बताएका छन् ।

    नेपालमा वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढिरहेका आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी जेल, नेल र हिरासतमा सडाउने शासकहरूले देखेको दिवासपना भयङ्कर दुस्वप्नमा परिणत हुने चेतावनी दिँदै नेता कञ्चनले भनेका छन्, ‘नेपालका दलाल फासिवादीहरूले देशमा राजनीतिक–आर्थिक समस्या वैज्ञानिक तरिकाले समाधान गर्नुको सट्टा दलाल सत्ताको सर्वोत्तम विकल्प वैज्ञानिक समाजवाद दिने पार्टीका नेता–कार्यकर्तालाई गिरफ्तार गरी जेल चलान र दमनबाट निस्तेज गर्ने दिवास्वप्न देखिरहेका छन् । तर उनीहरूका जनविरोधी, कुत्सित सपनाहरू भयङ्कर दुस्वप्नमा परिणत हुँदै गएका छन् ।’

    नेकपाको विदेश विभाग प्रमुख तथा पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज समेत रहेका नेता कञ्चनले बुधबार गिरफ्तार गरिएका नेता ओमप्रकाश पुनसहित सबै आस्थाका बन्दीहरूको रिहाइको माग गरेका छन् । कञ्चनको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी फासिस्ट, दलाल पुँजीवादी सरकारलाई स्पष्ट गर्न चाहन्छ– हाम्रो पार्टीका भर्खरै गिरफ्तार गरिएका कमरेड ओमप्रकाश पुन, पहिले गिरफ्तार गरिएका कमरेड सुदर्शन, कमरेड वीरजङ्ग, कमरेड शिलुलगायत देशका सम्पूर्ण राजबन्दीहरूको रिहा गरियोस्, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको कथित प्रतिबन्ध खारेज गरियोस् र जनविरोधी, भ्रष्टाचारी तथा दलाल सरकारलाई बर्खास्त गरियोस् ।’

    दलाल शासकहरूको अकर्मण्यता, जनविरोधी र राष्ट्रघाती नीतिका कारण अहिले देश सम्पूर्ण रूपले गम्भीर सङ्कटमा धकेलिएको भन्दै नेता कञ्चनले देशले एउटा दलालको ठाउँमा अर्को दलाल, एउटा संसद्वादी पार्टीको ठाउँमा अर्को संसद्वादी पार्टी र एउटा दलाल पुँजीवादी सत्ताको ठाउँमा अर्को पुँजीवादी साम्राज्यवादी आधिपत्यको स्थानान्तरण होइन, सिङ्गो दलाल पुँजीवादी सत्ताको अन्त्य र समग्र जनताको उन्नति गर्ने वैज्ञानिक समाजवादी सत्ताको माग गरेको बताएका छन् । जनताको यही माग र भावनालाई नेपाली समाजमा रूपान्तरण गर्न सङ्घर्षरत आफ्नो क्रान्तिकारी राजनीतिक पार्टीमाथि प्रतिबन्ध थोपरिएको, नेता तथा कार्यकर्तामाथि गिरफ्तारी र दमन थोपरिएको र बन्दी बनाउने गरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    क्रान्तिकारी पार्टी र जनतामाथि दमन गरेर देशलाई ब्रह्मलुट गर्ने र जनतालाई कङ्गाल बनाउने; देशलाई साम्राज्यवादीहरूको क्रीडास्थल बनाएर कुर्सीमा चिप्किरहने, छिमेकमा समेत अस्थिरता पैदा गर्ने; देशको शासनप्रणाली साम्राज्यवादीको हातमा दिने र देशलाई पराधीन बनाउने दलालहरूको हर्कत किमार्थ स्वीकार्य नभएको पनि नेता कञ्चनले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ