• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    प्रत्यक्षदर्शी भन्छन- नेकपा नेता पुन दम्पतिलाई प्रहरीले लखेटीलखेटी समात्यो

    4.3K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र अनेमसंघकी नेतृ समेत रहेकी उनकी पत्नी पूर्णिमा धामीलाई प्रहरीले लखेटीलखेटी गिरफ्तार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न जादै गरेकाे गरेको अवस्थामा उनीहरूलाई प्रहरीले बुधबार बिहान  करिब ७ बजेतिर धनगढी उप-महानगरपालिकाको बेलीबाट गिरफ्तार गरेको हो ।

    ‘उहाँहरुलाई सिभिल प्रहरीले लखेटीलखेटी समातेको देख्दा धेरै मान्छे हेरेको हेर्यौ बने’ एक प्रत्यक्षदर्शीले संचारकेन्द्रसँग भने -‘ जनताका मुद्दाहरु उठाउदै आएको पार्टीका नेता कार्यकर्ताहरुलाई राज्यले यसरी किन दमन गरिरहेको छ बुझ्ने सकिएन ।’

    पूर्णिमा अखिल नेपाल महिला सङ्गठन (क्रान्तिकारी) की सेती–महाकाली ब्युरो संयाेजक समेत हुन् । पुन दम्पति गिरफ्तार परेको कैलाली प्रहरीले पनि पुष्टि गरेको छ । यसअघि भने संचारकेन्द्रको कुराकानीका क्रममा कैलाली प्रहरीले यस बिषयमा जानकारी दिन मानेको थिएन । नेता पुन सुकुम्वासीहरुका मुद्दालाई जोडतोडका साथ उठाउदै आएका छन् ।

    कोरोना महामारीले देश सङ्कटपूर्ण अवस्थाबाट अघि बढिरहेको बेलामा पनि सामान्य मानवीय संवेदनालाई समेत ख्याल नगरी फरक राजनीतिक आस्थाकै आधारमा सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ