• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    कतै तपाइको मोबाइलमा कोरोनासम्बन्धी यस्तो एसएमएस त आएको छैन ? सावधान रहनुहोस

    1.3K
    SHARES

    काठमाडौँ । कतै तपाईंले चलाउने  मोबाइल फोनमा ‘तपाईं कोरोना पोजेटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनु भएकाले परीक्षणका लागि आउनुहोला’ भन्ने म्यासेज आएको त छैन ? ‘हाम्रो रेकर्डअनुसार तपाई कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आउनुभएकाले तपाई आफैलाई क्वारेन्टिन गर्नुहुन र परिवारका सदस्यहरू तथा साथीहरूसँग सामाजिक दूरी कायम राख्न अनुरोध गरिएको छ ।

    कृपया पीसीआर परीक्षणको लागि निर्धारित समय र स्थानमा उपस्थित हुनुहोला । तपाईको उपस्थिति अनिवार्य छ । अन्यथा रु. १५,५५० जरिवाना गरिनेछ ।’ केही समययता अपरिचित व्यक्तिले यस्ता एसएमएसहरु व्यापकरुपमा पठाउन थालेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख डीआईजी सहकुल थापाले जानकारी दिए । यस्ता झूठो र गलत सूचना दिई जनमानसमा आतंक मच्चाइरहेको पाएपछि ब्यूरोले अनुसन्धान सुरु गरेको थापाले बताए ।

    ब्यूरोले ‘दण्डहिनताविरुद्ध सीआईबीको अभियान’ सञ्चालन गर्दै यस्ता गलत सन्देशबाट बच्न ध्यानाकर्षण गराएको ब्यूरोका प्रवक्ता तथा एसपी बेलबहादुर पाण्डेले बताए । ‘पिटुपी अर्थात पर्सन टु पर्सन’ नभई इन्टरनेटको सहायताले एप्लिकेशनको प्रयोग गरेर पठाइने गरेको पाण्डेको भनाइ छ ।

    प्रविधिको प्रयोग गरिने यस्तो काम आपराधिक मनोवृत्तिका मानिसले दुरुपयोग गरी सर्वसाधारणलाई हानी नोक्सानी पु‍र्याउन सक्ने भन्दै सीआईबीले सचेत हुन समेत आग्रह गरेको छ ।

    प्रहरीको ५ बुँदे सुझाव
    १ पिटुपी अर्थात एप्लिकेसन टु पर्सन एसएमएसबाट प्राप्त एसएमएसहरु छल, छद्म तथा धोखाधडी समेत हुन सक्ने भएकाले मोबाइल प्रयोगकर्ताले सावधानीपूर्वक प्रतिक्रिया गर्नुहुँदैन । यसलाई बेवास्ता गर्नुहोस् वा एसएमएस हटाउनुहोस् ।

    २ वित्तिय तथा अन्य सेवा प्रदायक संघसंस्था र टेलिकम्युनिकेसन कम्पनीहरूले तपाईलाई कहिले पनि एसएमएसमार्फत तपाईंको व्यक्तिगत विवरणहरू उपलब्ध गराउन नसोध्ने हुँदा कहिल्यै पनि आफ्नो विवरण एसएमएसमार्फत नदिनुहोस् ।

    ३ एसएमएसमार्फत प्राप्त भएका लिंकहरूमा क्लिक नगर्नुहोस् । ४ एसएमएसमार्फत प्राप्त हुने लटरी वा छुट जस्ता प्रस्तावको प्रलोभनमा नपर्नुहोस् । यो धोखाधडी हो, सावधान रहनुहोस् । ५ झुक्याउने एसएमएस प्राप्त गर्नुभयो भने तुरुन्त प्रहरी वा तपाईको टेलिकम नेटवर्क प्रदायकलाई सम्पर्क गर्नुहोस् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ