• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाैंमा एकै परिवारका १० जनालाई कोरोना संक्रमण पुष्टि, केछ अवस्था ?

    1.4K
    SHARES

    काठमाडाैं । काठमाडाैं उपत्ययकाकाे महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो।

    ल्याब टेक्निसियन नर्सले आफूमा सङ्क्रण देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। यही असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले जानकारी दिए।

    सो वडामा यसका अलवा विदेशबाट फर्किएकी एक महिला, ग्वार्कोको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभूका १५ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए।

    उनले भने, “यसका अलवा वडा नं ६ सिद्धिपुरका तीन, वडा नं १ र वडा नं ४ इमाडोलका एक÷एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन्।”

    यी सङ्क्रमितको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। लुभूका यी १२ व्यक्तिमा एकैदिन यही असार २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले बताए।

    यसैबीच विश्वभर १ करोड ३० लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म १ करोड ३० लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ९४ हजार ३८४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

    वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९५२ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ७१ हजार ७६ पुगेको छ । एकै दिन १ लाख २ हजारभन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । सोमबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७५ लाख ७५ हजार ५२३ संक्रमितमध्ये १ लाख २ हजार ६१० जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

    कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९६ हजार ५६६ जनाको मृत्यु भएको छ । २५ लाख ७० हजार ९८५ जना संक्रमित भएकोमा १५ लाख ११ हजार ५४० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८५ हजार ८०४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३९ लाख ९५ हजार ६८२ पुगेको छ । त्यसमध्ये १८ लाख ३७ हजार ७०० जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा ७० हजार १२४ जनाको मृत्यु भएको छ । २९ लाख ५७ हजार ६४८ जना संक्रमित भएकोमा २० लाख ४४ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ५ हजार ५५२ जनाको मृत्यु भएको छ । २८ लाख ९३ हजार ३३७ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ७७१ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा १३ हजार २८५ जनाको ज्यान गएको छ भने ५ लाख ९८ हजार २३६ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ९८ हजार १९४ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १३० जनाको मृत्यु भएको छ । ११ हजार ४६० जना संक्रमित भएकोमा ९ हजार ३३१ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ