• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल समाचार

    अमिताभ बच्चनको परिवारका ४ जनामा कोरोना संक्रमण पुष्टि

    552
    SHARES

    काठमाडौं । बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चनको परिवारमा जया बच्चनबाहेक सबै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । परिवारका सबै जनाको परीक्षण गरिएकोमा शनिबार अमिताभ र छोरा अभिषेकमा संक्रमण पुष्टि भएकोमा आइतबार बुहारी ऐश्वर्या र नातिनी आराध्यामा पनि संक्रमण पुष्टि भएको हो ।

    अमिताभकी श्रीमती जया बच्चनलाई भने संक्रमण देखिएको छैन । बीबीसीका अनुसार कोरोना पोजेटिभ देखिएपछि अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यालाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ ।

    महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले दिएको जानकारीअनुसार अमिताभको परिवारका चारजनामा कोरोना देखिएको छ । बलिउडका अभिनेता अमिताभ र अभिषेकले आफैंले सामाजिक सञ्जालमा लेखेर आफूहरूमा कोरोना देखिएको जानकारी गराएका थिए ।

    यस्तै भारतमा पाँच दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । सोमबार बिहानसम्म ८ लाख ७९ हजार ४६६ जनामा संक्रमण पुष्टि भएकोमा ५ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ३५ हजार ९६५ छ ।

    बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८, आइतबार २७ हजार ७५५ र सोमबार २९ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

    भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार १८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५०० जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ५४ हजार ४२९ संक्रमणमुक्त भएका छन् भने ३ लाख १ हजार ८५० जनाको उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ