• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    आज ८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार ८०१ पुग्याे

    1K
    SHARES

    काठमाडाैं । नेपालमा आइतबार थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    आज ३ हजार ९१६ जनाको पीसीआर परीक्षण भएकोमा ८२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना र मोरङका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १९ र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र सिन्धुपाल्चोकका एकजना, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ५ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मनवानपुरका एकजना र सिन्धुलीका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका एकजना र सोलुखुम्बुका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, नवलपरासी पूर्वका एकजना, पर्वतका २ जना स्याङ्जाका एकजना र तनहुँका ६ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा गरिएको परीक्षणमा गोरखाका एकजना र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना र पाल्पाका एकजना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका एकजना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका २ जना र दार्चुलाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार योसँगै नेपालमा १६ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा थप १४७ जना निको भए

    पछिल्लो २४ घण्टामा थप १४७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८ हजार ५८९ पुगेको छ ।उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ