• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपानिकट युवा संगठनका सेम व्युरो इन्चार्ज गिरफ्तार, तत्काल रिहा गर्न उपाध्यक्षकाे माग, बिज्ञप्तिसहत

    2K
    SHARES

    काठमाडाैं । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीयो युवा दस्ता युवा संगठन नेपालका सेती महाकाली न्युरो इन्चार्ज श्याम भट्टलाई प्रहरीले गिरफ्तार गरेको छ । उनलाई शनिबार वैतडी जिल्लाको पाटन नगरपालिका वार्ड न. १० को हतासमा जनसेवाको काम गरिरहेको वेला प्रहरीले गिरफ्तार गरेको उक्त संगठनले संचारकेन्द्रलाई जानकारी दिएकाे छ ।

    संगठनका केन्द्रीय उपाध्यक्ष दिनेशले गिरफ्तार इन्चार्ज भट्टलाई तत्काल रिहा गर्न माग गरेका छन् । आइतबार एक बिज्ञप्ति जारी गर्दै उपाध्यक्ष दिनेशले सामाजिक फासिवादी दलाल सरकारको गृह – प्रशासनले विना कारण संगठनका नेता भट्टलाई गिरफ्तार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

    उनले ओली सरकारको यस्तो फासिवादी कदमको निन्दा एवं घोर भ्रत्सर्ना गरेका छन् । ‘नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपाल केन्द्रीय समितिका सदस्य एवं सेती – महाकाली व्युरो इन्चार्ज कमरेड श्याम भट्ट लाई ०७७ असार २७ गते वैतडी जिल्लाको पाटन नगरपालिका वार्ड न. १० को हतासमा जनसेवाको काम गरिरहेको वेला सामाजिक फासिवादी दलाल सरकारको गृह – प्रशासनले विना कारण गिरफ्तार गरेको घटना प्रती युवा संगठन नेपाल, केन्द्रिय समितीको गम्भीर ध्यानाकर्षण हुनुका साथै संगठन निन्दा एवं घोर भ्रत्सर्ना गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।

    कोभिड – १९ को महामारीले काम गरेर खाने जनताको रोजगारी गुमेर साझ विहान चुलोमा आगो वल्न नसकेको र वाढी पहिरोले जनधनको ठुलै क्षति पुर्याएको यो दु:खद क्षणमा पनि दलालहरु आफ्नो कुर्सी वचाउन अंक गणितको खेलको नाङ्गो रुप देखाइरहेकाे बिज्ञप्तिमा उल्लेख छ ।

    नेपाली जनताको जीवन प्रती कथित कम्युनिस्ट सरकार खेलवाड गरिरहेको र राहतको नाममा करोडौं रुपैया भ्रष्टाचार गरेको उनले बताएका छन् । अनुदानको नाममा रास्ट्रघाती सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी ) लाई कार्यान्वयन गर्न दलालहरुले न्वारन देखिको ताकत लगाई रहेकाे समेत बिज्ञप्तिमा उल्लेख छ ।

    उपाध्यक्ष दिनेशले राष्ट्रिय युवा संगठन विगतदेखि नै राष्ट्र र जनताको पक्षमा निरन्तर लडिरहेको स्मरण गर्दै गिरफ्तार परेका नेता भट्टलाई विना शर्त रिहाइको जोड्दार माग गरेका छन् ।

    ‘कोभिड – १९ को महामारीले काम गरेर खाने जनताको रोजगारी गुमेको छ साझ विहान चुलोमा आगो वल्न सकिरहेको छैन । वाढी पहिरोले जनधनको ठुलै क्षति पुर्याएको छ यो दु:खद क्षणमा पनि दलालहरु आफ्नो कुर्सी वचाउन अंक गणितको खेलमा नाङ्गो रुप देखाइ रहेका छ्न । नेपाली जनताको जीवन प्रती कथित कम्युनिस्ट सरकार खेलवाड गरिरहेको छ राहतको नाममा करोडौं रुपैया भ्रष्टाचार गरेको छ । अनुदानको नाममा रास्ट्रघाती सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी ) लाई कार्यान्वयन गर्न दलालहरुले न्वारनदेखिको ताकत लगाईरहेका छन हाम्रो संगठन विगत देखि राष्ट्र र जनताको पक्षमा निरन्तर लडिरहेको आम जनसमुदायमा स्पस्ट छ । गिरफ्तार पर्नु भएका कमरेड श्याम भट्टलाई विना शर्त रिहाइको जोड्दार माग गर्दछौ । अन्ततः एकीकृत जनक्रान्तिले दलाल संसदिय व्यवस्था उल्टाउदै वैज्ञानिक समाजवाद विजय हुने छ ।’ बिज्ञप्तिमा भनिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया