• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल समाचार

    बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि

    709
    SHARES

    काठमाडौँ । चर्चित बलिउड सुपरस्टार अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  शनिबार बेलुकी सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। अमिताभलाई कोरोना पुष्टि भएपछि उनको परिवारमा पनि कोरोना संक्रमण फैलिएको आशंकामा छोरा अभिषेकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो।

    जहाँ अभिषेकको कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अभिनेता अभिषेकले ट्वीट मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका छन्।

    शनिबार अभिषेकले आफूहरुमा कोरोना पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मुम्बईको ननावती अस्पतालमा भर्ना भएको बताएका हुन्। बलिउड महानायक अमिताभले पनि ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। उनी पनि मुम्बईको ननावती अस्पतालमा भर्ना भएका छन्।

    यस्तै भारतमा चार दिनयता कोरोना संक्रमितको संख्यामा लगातार बृद्धि भएको छ । आइतबार बिहानसम्म ८ लाख ५० हजार ३५८ जनामा संक्रमण पुष्टि भएकोमा ४ दिनमा संक्रमित हुनेको संख्या मात्रै १ लाख ६ हजार ८५७ छ । बिहीबार २५ हजार ५७१ जनालाई संक्रमण भएकोमा शुक्रबार २५ हजार ८०३, शनिबार २७ हजार ७२८ तथा आज आइतबार २७ हजार ७५५ जनामा संक्रमण पुष्टि भएको छ ।

    संक्रमितको यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा धेरै हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म संक्रमितमध्ये ५ लाख ३६ हजार २३१ संक्रमणमुक्त भएका छन् भने २ लाख ९१ हजार ४४० जनाको उपचार भइरहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ