काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी बैतडीले गो’ली हानेर स्थानीय युवा गिरफ्तार गर्ने प्रहरीमाथि कारवाही गर्न माग गरेको छ । आफ्नो पार्टीको कार्यकर्ता भन्दै राज्य आ’तंक मच्चाएर स्थानीय जनतालाई गिरफ्तार गरेको भन्दै नेकपा बैतडीका इन्चार्ज किरण र सचिव परिवर्तनले आपत्ति जनाएका छन् ।
असार २५ गते बिहान ६ बजे जिलाको डिलासैनी गाउँपालिका वडा नम्बर ६ सेटिगाउँ भन्ने ठाउँबाट गो’ली प्रहार गरेर स्थानीय करन ऐरीलाई गिरफ्तार गरेको नेकपा बैतडीका इन्चार्ज किरण र सचिव परिवर्तनद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज तेज बहादुर भाटको नेतृत्वमा गएको प्रहरीको टोलीले नेकपा कार्यकर्ता भन्दै बिना कारण ऐरीलाई गिरफ्तार गरेको बिज्ञप्तिमा उल्लेख छ । राज्यको यस्तो यस्तो अमानवीय कार्यले यु’द्ध घोषणा गरेको प्रष्ट भएको नेकपा बैतडीले जनाएको छ ।
‘उक्त अमानवीय घटनाप्रति खेद प्रकट गर्दै घोर भत्र्ससर्ना गर्दछौे ।’ बिज्ञप्तिमा भनिएको छ-‘गिरफ्तार स्थायीय युवा र गो’ली प्रहार गर्ने प्रहरीमाथि कडा कारवाहीका लागि सम्बन्धित निकायसँग जोडदार माग गर्दछौै ।’
साथै सम्बन्धित पक्षले उक्त घटनामा संग्लग्न प्रहरीलाई तत्काल कारवाही नगरेर आफ्नो पार्टीले जनकारवाही गर्न बाध्य हुने नेकपाले चेतवानी दिएको छ । ‘आवश्यक कारवाहीको प्रकृया नचाले हाम्रो पार्टी जनकारवाही गर्न बाध्य हुने कुरा यसै प्रेस बिज्ञप्तिमार्फत जानकारी गराउदछौै’ बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया