• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज राति १२ बजेदेखि लागु हुने गरि सरकारले गर्यो यस्तो निर्णय, विज्ञप्तिसहित

    5.3K
    SHARES

    काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। नेपाल आयल  निगमले सूचना जारी गर्दै पेट्रोल प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले बढाएको हो। निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ।

    त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्नेछ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जनाएको छ।

    निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट जुलाई १ मा आएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ६५ पैसा, डिजेलमा ३ रुपैयाँ ८२ पैसा र मट्टितेल १४ रुपैयाँ २५ पैसा बढेर आएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ६ रुपैयाँ ७७ पैसा बढेर आएको निगमले जनाएको छ।

    यसैबीच विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर एमएसओले भारतीय टेलिभिजनको प्रसारण बन्द गरिदिएपछि ओली सरकारले धन्यवाद दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा हरूलाई धन्यवाद दिएको हो ।

    शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’

    मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञप्ति जारी गरी आगामी दिनमा पनि सरोकारवालाबाट प्रचलित कानुन तथा आचारसंहिता परिपालना गर्नेर गराउने विषयमा सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

    केही भारतीय टेलिभिजनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर समाचार दिएका थिए । उक्त आधारहीन समाचारलाई लिएर भारतीय टेलिभिजन बन्द गर्नुपर्ने माग उठिरहेका बेला कतिपय केवल टेलिभिजन सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण बन्द गरेका थिए ।

    भारतीय सञ्चार माध्यमले कपोलकल्पित, दुरासयपूर्ण एवं भ्रामक समाचार प्रकाशन गरेको भन्दै सञ्चार मन्त्रालयले पत्रकारिताका न्यूनतम विश्वव्यापी मूल्य, मान्यता र अभ्याससँग मेल नखाने दुष्प्रचारयुक्त सामग्रीहरूले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने बताएको छ ।

    आमसञ्चार माध्यमहरूले समाचार प्रकाशन र प्रसारण गर्दा सत्य,तथ्य र वस्तुपरक भई पेसागत आचारसंहिताको परिपालनामा स्वयं प्रतिबद्ध हुनुपर्ने मन्त्रालयले जनाएको छ । नेपालले भारतीय न्युज च्यानलहरूको प्रशारण बन्द गरिदिएपछि नयाँदिल्लीमा खैलाबैला मच्चिएको छ ।

    त्यस्तै प्रेस काउन्सील नेपालले भारतीय टेलिभिजनहरुले नेपाल सरकार र सरकार प्रमुखको विषयमा अतिरञ्जनपूर्ण सामग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल अफ इण्डियालाई पत्राचार गरेको छ ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउलाई जोडेर भ्रामक सामग्री बनाउँदै प्रसारण गरेकौ भन्दै पत्रकार आचारसंहिता उल्लंघन भएको भन्दै कार्यार्थ सहजीकरण गर्न भारतलाई पत्र लेखेको हो ।

    काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लेखेको पत्रमा ‘केही भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा निरन्तर भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्या केन्द्रित सामग्री प्रसारण गरिरहेको, पत्रकार आचारसंहिता उल्लघंन भइरहेकोबारे प्रेस काउन्सिल नेपालले मिति २०७७ असार २६ गते प्रेस काउन्सिल अफ इण्डियालाई आवश्यक कार्यार्थ सहजीकरणको लागि पत्राचार’ गरिएको छ । पत्राचार गरिएको व्यहोरा आवश्यक कार्यार्थ परराष्ट्र मन्त्रालय, सञ्चार मन्त्रालय समेतलाई पठाइएको काउन्सिलले जनाएको छ

    यसैबीच भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्विट हटाएका छन् । नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

    जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए । उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्विट हटाएका हुन् ।

    ट्विट हटाउँदै उनले लेखेका छन्, ‘मैले गरेको ट्विटले नेपालका दर्शकलाई चोट पुगेको छ । भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन् । मैले आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन । त्यसैले मैले दुख व्यक्त गर्दै ट्विट हटाएको छु ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ