• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    नेपालसामु बल्ल झुके जी न्युजका प्रधान-सम्पादक सुधीर चौधरी, चाैतर्फी बिराेधपछि मागे माफी

    5.9K
    SHARES

    काठमाडौं । भारतीय पत्रकार सुधीर चौधरीले नेपाल मामिलामा गरेको ट्विट हटाएका छन् । नेपाल र भारतबाट चर्को आलोचना भएपछि नेपाल मामिलामा गरेको टिप्पणी माफी मागेर हटाएका हुन् । नेपाल र भारतका हजारौँले चौधरीको अभिव्यक्तिमा आपत्ति जनाएका थिए ।

    जी न्युजका प्रधानसम्पादक चौधरीले नेपालमा भारतीय न्युज च्यानल प्रतिबन्धपछि नेपाल भारतीय समाचार वाचकसँग डराएको र सेनाको आवश्यकता नै नपरेको भन्दै टिप्पणी गरेका थिए । उनको टिप्पणीमा हजारौँले असहमति जनाएपछि बाध्य भएर ट्विट हटाएका हुन् ।

    ट्विट हटाउँदै उनले लेखेका छन्, ‘मैले गरेको ट्विटले नेपालका दर्शकलाई चोट पुगेको छ । भारतबाट पनि धेरैले गलत गरेको भनेर मलाई लेखेका छन् । मैले आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो कसैलाई चोट पुर्याउनका लागि होइन । त्यसैले मैले दुख व्यक्त गर्दै ट्विट हटाएको छु ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलाई गलत तरिकाले प्रस्तुत गरेर जी न्युजले नै भिडियो रिपोर्ट बनाएको थियो । अन्य भारतीय सञ्चारमाध्यमले पनि नेपालविरुद्ध गलत सन्देश प्रशारण गरिरहेका छन् । यस्ताे उनकाे थियाे अहिले र पहिलेकाे ट्वीट :

    यसैबीच प्रेस काउन्सील नेपालले भारतीय टेलिभिजनहरुले नेपाल सरकार र सरकार प्रमुखको विषयमा अतिरञ्जनपूर्ण सामग्री प्रसारण गरेको भन्दै प्रेस काउन्सिल अफ इण्डियालाई पत्राचार गरेको छ ।

    नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउलाई जोडेर भ्रामक सामग्री बनाउँदै प्रसारण गरेकौ भन्दै पत्रकार आचारसंहिता उल्लंघन भएको भन्दै कार्यार्थ सहजीकरण गर्न भारतलाई पत्र लेखेको हो ।

    काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले लेखेको पत्रमा ‘केही भारतीय सञ्चारमाध्यम (टेलिभिजन) ले नेपाल सरकार र सरकार प्रमुखको सम्बन्धमा निरन्तर भ्रामक, अतिरञ्जित, अपुष्ट, चरित्रहत्या केन्द्रित सामग्री प्रसारण गरिरहेको, पत्रकार आचारसंहिता उल्लघंन भइरहेकोबारे प्रेस काउन्सिल नेपालले मिति २०७७ असार २६ गते प्रेस काउन्सिल अफ इण्डियालाई आवश्यक कार्यार्थ सहजीकरणको लागि पत्राचार’ गरिएको छ । पत्राचार गरिएको व्यहोरा आवश्यक कार्यार्थ परराष्ट्र मन्त्रालय, सञ्चार मन्त्रालय समेतलाई पठाइएको काउन्सिलले जनाएको छ ।

    के भनेका थिए भारतीय मिडियाले ?

    भारतीय टीभी च्यानल जी मिडियाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको थियाे । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेको हो ।

    ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको छ । आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’

    राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्छीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ । भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन ।

    उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही सांसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दाबी गरिएको छ ।

    उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको छ । यसैगरी, चीनको दूतावास अगाडि कृष्ण पहाडीलगायत केही व्यक्तिहरुले गरेको प्रदर्शनलाई पनि गलत तरिकाले जोडिएको छ ।

    नेपालको सरकारले आफ्नो अतिक्रमित भूमिलाई समावेश गर्दै नयाँ नक्शा प्रकाशित गरेयता भारतीय टीभी च्यानलहरुले अनेक भ्रामक समाचारहरु प्रशारण गर्दै आएका थिए । भारतको ख्यातिप्राप्त अखबार टाइम्स अफ इन्डियाले समेत प्रधानमन्त्री ओलीको फोटोलाई गोरुको टाउकोमा जोडेर दुरुपयोग गरेको थियो ।

    अहिलेसम्म नेपालले कुनै पनि स्तरबाट ती समाचारहरुको खण्डन गर्ने वा ती च्यानलहरुमाथि एक्सन लिने काम गरेको छैन । त्यसैले पनि भारतीय च्यानलहरुको मनपरी झन बढ्दै छ । जी टीभीको हर्कत यसैको उत्कर्ष हो ।

    नेकपाभित्रको विवाद र प्रधानमन्त्री ओलीको राजीनामा मागिएको विषयलाई भारतीय च्यानलहरुलाई पनि अतिरञ्जित तरिकाले प्रस्तुत गरिरहेका छन् । उनीहरुले नयाँ नक्सा प्रकाशित गरेकै कारण सरकारको राजीनामा मागिएको झुटो दाबी गरेका छन् ।

    भारतीय टीभी च्यानल जी मिडियाले हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काल्पनिक र आपत्तिजनक रिपोर्ट प्रशारण गरेको हाे । प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सम्वन्धमाथि काल्पनिक कथा बुन्दै सो टीभीले अनर्गल प्रचार गरेको हो ।

    ‘ओली कि ईश्कीया’ शीर्षकमा प्रशारित रिपोर्ट १६ मिनेटभन्दा लामो छ । चिनिया राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै टिभीले उनैको जालमा फसेर ओलीले भारतविरोधी कदम चालिरहेको दाबी गरेको छ ।

    आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको छ, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढाइ, लेकिन वा हनि ट्र्याप मे फसगए ।’ यान्कीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दावी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दावीसमेत गरिएको छ । यसलाई पुष्टि गर्न ओली र यान्कीको फोटो जोडेर केही काल्पनिक संवादहरु पनि सुनाइएको छ ।

    भारतीय टीभीको अफवाह यतिमा मात्रै सीमित छैन । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरेहको भन्नसमेत भ्याएको छ । यसको जानकारी नेपालका केही संसदलाई रहेको भन्दै उनीहरुले लोकलाजका कारण मुख खोल्न नसकेको दावी गरिएको छ ।

    जीटीभीमा प्रशारित यो रिपोर्ट भारतीय पत्रकारिताको नांगो रुप हो । यो रिपोर्टलाई ‘पितपत्रकारिता’ वा ‘प्रपोगाण्डा’ भनेर दुत्कारेर मात्रै पुग्दैन । यो पत्रकारिताको खोल ओडेर गरिएको संगीन अपराध हो । सत्यतासँग एक प्रतिशत पनि सम्वन्ध नरहेको विषयलाई १६ मिनेटको रिपोर्ट बनाएर प्रशारण गर्ने भारतीय टिभी च्यानललाई के गर्ने ? हामी त इन्डियन च्यानलले जे पनि भन्छन् भनेर मुन्टो बटारौंला, तर यसले भारत र अन्य देशका मानिसहरुलाई पक्कै प्रभाव पार्छ ।

    कुनै अमुक देशका प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा रचेर प्रायोजित रिपोर्ट बनाउनु जी टीभीको अक्षम्य अपराध हो । यसमाथि नेपालको सरकारले एक्सन लिनैपर्छ । केही समयअगाडि नेपालमा एक अखबारले माओत्सेतुङको तस्वीरमा मास्क लगाइदिएको सामान्य घटनामा काठमाडौंस्थिति चिनीया दूतावासले विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएको थियो । जीटीभीको हर्कत त्योभन्दा सयौं गुणा आपत्तिजनक छ ।

    तर, दिल्लीस्थित नेपाली दूतावास भने भारतीय मिडियाले एकपछि अर्को कपोलकल्पित र भ्रामक समाचारहरु प्रकाशन/प्रशारण गरिरहँदा पनि मस्त निद्रामा छ । टाइम्स अफ इन्डियाजस्तो प्रतिष्ठित पत्रिकाले समेत नेपालका प्रधानमन्त्रीको तस्वीर दुरुपयोग गर्यो । त्यसमा आपत्ति जनाएर दूतावासले एउटा पत्रसमेत पठाउन सकेन ।

    जिटीभीको रिपोर्टमा पनि उसले अहिवलेसम्म चासो दिएको छैन । विषयको संवेदनशीलताका कारण अब नेपाल सरकारले नै जीटिभीमाथि एक्सन लिनुपर्ने समय आएको छ । टीभीलाई उक्त रिपोर्ट तत्काल हटाएर माफी माग्न लगाउनुपर्छ ।

    यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

    नेकपा भित्रको विवाद र नेपाल मामिलाबारे हालै भारतीय सञ्चार माध्यमले सम्प्रेषण गरिरहेका कपोलकल्पित र निकै आपत्तिजनक फेक समाचारप्रति नेता श्रेष्ठले आपत्ति जनाएका हुन् ।

    विगत केही दिनदेखि भारतीय मिडियाले चिनियाँ राजदूतसँग जोडेर प्रधानमन्त्रीबारे काल्पनिक र निकै आपत्तिजनक सामग्री प्रशारण गरिरहेका छन्। यस्तो हदैसम्मको लज्जास्पद यो हर्कतमा उत्रने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा चौतर्फी चर्को बिरोध सुरु भएको छ

    भारतीय मिडियाको विरोध भइरहँदा नेकपा प्रवक्ता श्रेष्ठले एक ट्विट गर्दै अनर्गल प्रचारले सीमा नाघेको उल्लेख गरेका छन । ‘भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर।’ नेता श्रेष्ठले भनेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्का छौं। बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।

    लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको विरोधमा बेला-बेलामा निहुँ खोजिरहेको भारतलाई नेपालले फेरी अर्को ठुलो झट्का दिएको छ । भारतले कल्पना नै नगरेको कदम नेपालले चालेपछि अहिले भारतभर हंगामा मच्चीएको छ ।

    टीआरपीका लागि नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गर्ने भारतीय मिडियाहरुलाई नेपालको कडा उक्त निर्णयले ठुलै झापड लागेको छ ।

    नेपाललै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेको हो । वितरकहरुले बिहीबार साँझदेखि दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको मेगा म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ