• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, निको भएर घर फर्किनेको संख्या ८ हजार नाघ्यो

    711
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ११८ जनामा कोरोना पुष्टि भएको बताए।

    योसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ। त्यस्तै शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् । कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ८ हजार ११ पुगेको छ ।

    कहाँ कति थपिए ?
    डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २ जना, गजेन्द्र नारायणसिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ४ जना महोत्तरीका ३ जना, सर्लाहीका ६ जना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा रसुवाका एकजना, डोटीका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका एकजना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा बाँकेका एकजना, भक्तपुरका एकजना, काठमाडौंका १५ जना, काभ्रेका २ जना, ललितपुरका १३ जनामा, महोत्तरीका एकजना, रामेछापका एकजन, रौतहटका २ जना सिन्धुलीका एकजना, सिन्धुपाल्चोकका एकजना संक्रमित भएका छन् ।

    यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १२ जना, सर्लाहीका एकजना, इलामका एकजना, पाल्पाका २ जना रुपन्देहीका एकजना, मकवानपुरका एकजना,धादिङका एकजना र कैलालीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २जना रु तनहुका ८ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका एकजना,नवलपरासीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका ६ जना र पाल्पाका २ जना, दैलेख प्रयोगशालामा सुर्खेतका ७ जना, बाजुराका एकजना र दैलेखका २ जना, सुर्खेत प्रोदशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एकजना, सल्यानका एकजना रसुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ