• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ५/७ बर्षदेखि राति सुत्न नपाएको भन्दै गायिका ज्योती मगरले लेखिन यस्तो भावुक स्टाटस, रहस्य थाहा पाएर फ्यानहरु दुखि

    1.8K
    SHARES

    काठमाडौँ । गायिका तथा मोडल ज्योती मगरले फेसबुकमा स्टाटसलेखेर आफ्नाे मनाेसामाजिक समस्या व्यक्त गरेकी छन् । बिहीबार बिहान फेसबुकमा लामो स्टाटस राखेर एकले अर्कालाई परेको समस्या साटौँ भनेकी छन्।

    सामाजिक सञ्जालमा चलिरहेको बहसलाई औँल्याउँदै मगरले आफूलाई यो विषयमा आगाडिदेखि नै बोल्न मन भएको भए पनि यसको संवेदनशीलतालाई नबुझ्ने डर भएको बताएकी छन्। उनले लेखेकी छन्, ‘बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आ’त्मह’त्यापछि विभिन्न समाजिक सञ्जालमा धेरैले भन्नुभयो, ‘यदि तपाईँलाई समस्या छ भने म सँग कुरा गर्नुहोस्, म तपाईँसँग छु।’

    ‘मलाई पनि भन्न मन छ, कति धेरै समस्याहरु छन्, तर म भन्न सकिरहेको छैन। कतै मेरो समस्या शिल्पा पोख्रेलको कानको जाली जस्तै फेसबुकमा रैला गर्ने बाटो बन्यो भने ? समस्या समाधान हुनुको साटो अझै समस्याहरु आयो भने ? सायद मैले मेरो निन्द्रासँग अझ धेरै सम्झौता गर्नुपर्छ होला।’

    मगरले आफू ५-७ वर्षदेखि राति राम्ररी नसुतेको बताएकी छन्। त्यसैले उनले सबैलाई आग्रह गरेकी छन्, ‘तपाईँहरु पनि म जस्तै निन्द्रसँग सम्झौता गर्नु भएको छ भने आउनुहोस इनबक्समा दुख सुखको कुरा गरौँ, भन्न नसकेका कुराहरु एक अर्कासँग साटेर बेस्सरी आँशु झारौँ।’ मगर अहिले आफ्नो गृहजिल्ला रोल्पामा छिन्।

    यस्तो छ उनको स्टाटस

    ‘5/7 बर्ष भयो होला म राम्रो संग सुतेको छैन…
    अस्ति मात्र भारतका एक कुशल अभिनेता सुशान्त सिङ राजपुतको आ’त्मह’त्या पश्चात बिभिन्न सामाजिक संजालमा धेरैले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनि धेरै कुरा भन्न मन छ कत धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…तर म भन्न सकिराको छैन कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कानको जाली जस्तै facbook मा रैला गर्ने बाटो मात्रै बन्यो भने??? कतै समस्या समाधान हुनुको साँटाे झन् ठुलो समस्याहरु आए भने??? सायद मैले मेरो निद्रासंग अझै धेरै सम्झौता गर्नुपर्छ होला….प्यारा प्यारा दिदीबहिनीहरु तपाईहरु पनि मजस्तै निद्रासंग सम्झौता गर्नु भएको छ भने आउनुहोस मेरो inbox मा केही दु:ख सुखको कुरा गरौं ! भन्न नसकेका कुराहरु एक अर्कासंग साटेर बेस्सरी आशु झारौ…’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ