• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो, थप १०८ जनामा संक्रमण पुष्टि

    1.1K
    SHARES

    काठमाडौं । नेपालमा विहीबार थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।

    कहाँ कति संक्रमित ?
    डा गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका एकजना र झापाका एकजना, जगेन्द्र नारायण सिहं अस्पताल राजविराजमा सप्तरीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जना र सिराहाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दार्चुलाका एकजना, डोटीका २ जना, काठमाडौंका एकजना, नुवाकोटका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४ जना, नवलपरासी पूर्वका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    डा गौतमका अनुसार कीटिजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, त्रिवि शिक्षण अस्पताल महारागंजमा गरिएको परीक्षणमा बाग्लुङका एकजना, काठमाडौंका २ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २ जना, तनुहँका एकजना र म्याग्दीका २ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गोरखाका २ जना कास्कीका ४ जना र लमजुङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना र दाङका २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरी सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका ३ जना, मुगुका २ जना र सुर्खेतका १८ जना, डडेल्धुरा अस्पताल डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका ४ जना, बाजुराका २ जना, कंचनपुरका २ जना र कैलालीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ