• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    सरिता गिरी कारवाही प्रकरणबारे बाबुराम भट्टराईले गरे यस्तो ट्वीट, काठमाडाैंदेखि नयाँदिल्लीसम्म भूकम्प

    5.7K
    SHARES

    काठमाडाैं । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टी निर्णयको बचाउ गरेका छन्। गिरीलाई सांसदबाट हटाउने विषयमा भट्टराई हाबी भएको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी निर्णयको बचाउ गरेका हुन्।

    उनले विचार तथा अभिव्यक्तिकै कारण दण्डित गर्नु लगत भए पनि भौगोलिक अखण्डताको रक्षा गर्नु नागरिकको कर्तव्य भएको पनि बताएका छन्।ट्वीट लेख्दै भट्टराईले भनेका छन्, ‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठिक हो। तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुन्छ। झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्वीप विपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ। यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।’

    भट्टराईको यस्तो ट्वीटले काठमाडाैंदेखि नयाँदिल्लीसम्म भूकम्प गएकाे छ । यसैबीच राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

    दल दर्ता निवेदन दिन वैशाख ११ गते निर्वाचन आयोग पुगेका जनता समाजवादीका नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी लगायत । ‘राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

    जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए । दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ