• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    कोरोना संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु

    1.2K
    SHARES

    काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ । विहीबार बिहान यो समाचार तयार पार्दासम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । संक्रमण देखिएको ६ महिनाभन्दा बढी हुँदा निको हुनेको संख्या पनि क्रमिकरूपमा बढ्दै गएको छ ।

    यो समाचार तयार पार्दासम्म ७० लाख २५ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ५० जनाको मृत्यु भएको छ ।

    २५ लाख १८ हजार ५०७ जना संक्रमित भएकोमा १४ लाख ६५ हजार ४१० जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ७९ हजार ६४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३६ लाख ९३ हजार ४९९ पुगेको छ । त्यसमध्ये १६ लाख ८७ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै एसियाली मुलुकहरूमा ६५ हजार ५१६ जनाको मृत्यु भएको छ । २७ लाख ३५ हजार ७८५ जना संक्रमित भएकोमा १८ लाख ७३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।

    दक्षिण अमेरिकी मुलुकहरूमा ९८ हजार ५६४ जनाको मृत्यु भएको छ । २६ लाख ७० हजार ६०५ जना संक्रमित भएकोमा १७ लाख ३३ हजार ८२ जना संक्रमणमुक्त भएका छन् ।

    अफ्रिकी मुलुकहरूमा १२ हजार २७० जनाको ज्यान गएको छ भने ५ लाख २५ हजार ८९२ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ५५ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् ।

    त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । १० हजार ५२८ जना संक्रमित भएकोमा ९ हजार ८६ जना संक्रमणमुक्त भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ