• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसद पद चैट भएलगत्तै सरिता गिरीको रुवाबासी, दिईन फेरी यस्तो लज्जास्पद अभिव्यक्ति

    8.1K
    SHARES

    काठडमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेलगत्तै गिरीको रुवाबासी चलेको छ ।

    गिरीले आफूलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने पार्टी निर्णयविरुद्ध अदालत जाने बताएकी छन्। आफूलाई पार्टीले ष’ड’य’न्त्र गरेर पदबाट हटाएको लज्जास्पद लज्जास्पद अभिव्यक्ति दिएकी छिन।  समाजवादी पार्टीले मंगलबार कारवाही गर्ने निर्णय गरेलगत्तै उनले भनिन्, ‘अनुशासनको कारवाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ, यो अवैधानिक निर्णयलाई अदालतबाट चुनौति दिन्छु ।’

    भारतद्वारा अतिक्रमित नेपाली भूभाग लिम्पियाधुरासहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अनुसारको निशान छाप बनाउन गरिएको संविधान संशोधनका लागि संसदमा भएको मतदान गिरीले बहिस्कार गरेकी थिइन् । पार्टी निर्णय विपरीत उनले संविधान संशोधन विधेयकविरुद्ध संशोधन दर्ता गरेकी थिइन् ।

    त्यसपछि पार्टी ह्विप उल्लंघन गरेको भन्दै उनलाई समाजवादी पार्टीको संसदीय दलले कारवाहीको सिफारिस गर्‍यो । समाजवादीका महासचिव रामसहायप्रसाद यादव नेतृत्वको कार्यदलले पनि गिरीलाई कारवाहीको सिफारिस गरेको थियो । कार्यदलको सिफारिसलाई पार्टी पदाधिकारी बैठकले अनुमोदन गरेको हो । पार्टी निर्णयबारे गिरीको धारणा उनकै शब्दमाः

    औपचारिकरुपमा केही जानकारी पाएकी छैन । सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट कारवाही गरेको सूचना पाएकी छु । सञ्चार माध्यममा आएको कुरा सही हो भने यो सरासर मविरुद्धको षडयन्त्र हो । मलाई हटाएर आफ्नो मान्छे ल्याउनका लागि यस्तो षडयन्त्र रचिएको हो । जुन संशोधन प्रस्तावलाई लिएर ममाथि कारवाही भएको भनिएको छ, त्यसबारे मैले पार्टी अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष रेणु यादवलाई जानकारी गराएकी थिएँ ।

    यो विषयमा मैले संसदीय दल र संसदमा छलफल गर्न पाइनँ । संसदीय दलको बैठक मतदान हुने दिनमा मात्रै राखियो । संसदीय दलमा प्रस्ताव फिर्ता लिनुस् अनिमात्रै छलफल हुन्छ भनियो । सभामुखले पनि मेरो प्रस्ताव कार्यसूचीमा राख्नुभएन । कार्यसूचीमा नराख्नका लागि मसँग परामर्श पनि गर्नुभएन । जब कि संसदको नियमावलीअनुसार कार्यसूचीबाट हटाउँदा संशोधनकर्तासँग छलफल गर्नुपर्दथ्यो ।

    बैठकमा बोल्न उठ्दा सत्तारुढ दलका सांसदहरूले हुटिङ गरे । जसले गर्दा मैले आफ्नो कुरा राख्न पाइनँ । त्यही भएर संशोधनको पक्षमा भोट नदिई बाहिरिएकी हुँ । नक्सामा मेरो विरोध होइन । प्रमाण खोजौं भन्न खोजेकी थिएँ । सन् १८१६ को सुगौली सन्धिअनुसार भन्ने कुरा मात्रै राखेको भए पनि हुने थियो । प्रमाण खोज्ने समिति गठन गरेर सरकारले नै मेरो कुरा सही रहेछ भन्ने प्रमाणित गरिसकेको छ ।

    मैले त्यो भन्दा बढी केही पनि भन्न खोजेकी होइन । फरक धारणा राख्नै नपाउने भएपछि त सांसद हुनुको पनि के अर्थ भयो र ? पार्टी एकीकरणपछि जनता समाजवादी पार्टी दर्ता प्रक्रियामा छ । हरेक काम संयुक्त निर्णयबाट भइरहेका छन् । तर, मलाई हटाउने निर्णय समाजवादी पार्टीले मात्रै गर्‍यो, किन ?

    अनुशासनको कारवाही गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ । तर, मलाई पदाधिकारी बैठकले कारवाही गरेको कुरा आएको छ । यो विधान विपरीत छ । यसलाई म अदालतमा चुनौती दिन्छु ।

    अर्को कुरा त्यो दिन संविधान संशोधनको पक्षमा भोट नहाल्ने सांसद म मात्रै होइन । सांसदद्वय अमृता अग्रहरी र सूर्यनारायण यादवले पनि मतदान बहिस्कार गरेका हुन । त्यो दिन सांसद यादव संसदीय दलमा उपस्थित भएको प्रमाण मसँग छ । अमृता अग्रहरी पनि जानाजान अनुपस्थित हुनुभएको हो ।

    त्यस्तै जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टी निर्णयको बचाउ गरेका छन्। गिरीलाई सांसदबाट हटाउने विषयमा भट्टराई हाबी भएको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी निर्णयको बचाउ गरेका हुन्।

    उनले विचार तथा अभिव्यक्तिकै कारण दण्डित गर्नु लगत भए पनि भौगोलिक अखण्डताको रक्षा गर्नु नागरिकको कर्तव्य भएको पनि बताएका छन्।ट्वीट लेख्दै भट्टराईले भनेका छन्, ‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठिक हो। तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुन्छ। झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्वीप विपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ। यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।’

    भट्टराईको यस्तो ट्वीटले काठमाडाैंदेखि नयाँदिल्लीसम्म भूकम्प गएकाे छ । यसैबीच राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ ।

    दल दर्ता निवेदन दिन वैशाख ११ गते निर्वाचन आयोग पुगेका जनता समाजवादीका नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी लगायत । ‘राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

    जनता समाजवादी पार्टीलाई आयोगले प्रमाणपत्र दिने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए । बिहीबारै वा शुक्रबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिने पनि उनले बताए । दुवै पार्टीका नेताले वैशाख ११ गते एकताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । सरकारले अध्यादेश ल्याएर दल विभाजन सजिलो हुने व्यवस्था गर्न लागेपछि दुवै दलले वैशाख १० गते राति एकताको घोषणा गरेका थिए ।

    यता जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सरिता गिरीलाई सांसद पदबाट हटाउने पार्टी निर्णयको बचाउ गरेका छन्। गिरीलाई सांसदबाट हटाउने विषयमा भट्टराई हाबी भएको भन्दै आलोचना भइरहेका बेला उनले पार्टी निर्णयको बचाउ गरेका हुन्।

    उनले विचार तथा अभिव्यक्तिकै कारण दण्डित गर्नु लगत भए पनि भौगोलिक अखण्डताको रक्षा गर्नु नागरिकको कर्तव्य भएको पनि बताएका छन्।ट्वीट लेख्दै भट्टराईले भनेका छन्, ‘विचार अभिव्यक्तिकै कारण कसैलाई दण्डित गर्नु बेठिक हो। तर राष्ट्रिय–राज्य रहुन्जेल भौगोलिक अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक र पार्टीको कर्तव्य हुन्छ। झन् त्यस्तो संगीन विषयमा पार्टीको ह्वीप विपरीत जाने सांसद स्वतः दण्डको भागी हुन्छ। यहाँ क्षेत्र र लिंगको कुरा गर्नु सान्दर्भिक हुन्न।

    सरिता गिरीको ठाउँमा लीला सिटौला सांसद बन्ने
    सरिता गिरीलाई पार्टीले कारवाही गरेर सांसद पदबाट हटाउने निर्णय गरेपछि अब ललितपुर निवासी लीला सिटौला प्रतिनिधिसभा सदस्य बन्ने भएकी छिन् ।

    सिरहा निवासी सरिता गिरी समाजवादी पार्टीबाट खस आर्य महिलाको कोटामा समानुपातिक सांसद बनेकी थिइन् । पार्टीको कारवाहीपछि अब उनको सांसद पद समाप्तिसँगै बन्दसूचीमा उनीभन्दा मुनि रहेकी लीला सिटौला स्वतः सांसद बन्न पाउने छिन् ।

    ललितपुर महानगरपालिका वडा नम्बर १३ निवासी सिटौला समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् । उनी पुरानै वामपन्थी कार्यकर्ता हुन् । यसअघिकै चुनावमा सिटौला सांसदको दाबेदार थिइन् । तर, सरिता गिरीले लफडा गरेपछि लीलाको नाम पछाडि राखेर उनको नाम माथि राखिएको समाजवादीका नेताहरु बताउँछन् ।

    तत्कालीन संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६ सीट पाएको थियो । त्यसमध्ये एक पुरुष र ५ महिला सांसद बनेका थिए । पुरुषतर्फ आदिवासी जनजातिको कोटामा राजेन्द्र श्रेष्ठ सांसद बनेका थिए । खस आर्यको कोटामा सरिता गिरी छानिएकी थिइन् । आदिवासी जनजाति महिलामा रेनुका गुरुङ, दलित महिलामा कलुदेवी विश्वकर्मा, मधेसी महिलामा रेणुकुमारी यादव र मुस्लिम महिलामा रुही नाज छानिएका थिए ।

    अब सरिता गिरीलाई पार्टीले कारवाही गरेपछि खस आर्य महिलाको कोटा रिक्त हुनेछ । बन्दसूचीमा सिटौलाको नाम सरिता गिरीको मुनि रहेकाले अब उनी सांसद बन्ने निश्चित देखिएको छ ।

    निर्वाचन आयोगले रिक्त समानुपातिक सांसदमा बन्दसूचीमा जो पछाडि छ, उही सांसद बन्ने स्पष्ट पारिसकेको छ । यसै साता कांग्रेस सांसद ज्ञानुकुमारी छन्त्यालको निधन भएकोमा आयोगले उनीपछि रहेकी सुवर्ण ज्वारचनलाई सांसद बनाउनुपर्ने स्पष्ट पारेको छ । अब यही नजीरअनुसार सांसद बन्नका लागि लीला सिटौलाको भाग्य खुलेको हो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ