• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    अन्तत: सरिता गिरीकाे सांसद पद चैट, समाजवादी पार्टीले बल्ल गर्यो यति कडा कारवाही

    2.9K
    SHARES

    काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

    मंगलबार बसेको पार्टी पदाधिकारीको बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । पार्टीका महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको ३ सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा उनलाई कारबाही गरिएको हो ।

    पार्टीका सचिव मोहम्मद इतियाक राईले गिरीलाई पदबाट हटाइएको निर्वाचन आयोग र संसद सचिवालयलाई दिने निर्णय गरिएको बताए । गिरीले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतको भएको बताएकी थिइन् । उनले सरकारले जारी गरेको नयाँ नक्साको विरोध जनाएकी थिइन् ।

    जेठ २७ गते समाजवादी पार्टीले निसान छाप परिवर्तन गर्न संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । तर, गिरीले असहमति जनाउँदै संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । पछि संसदमा बोल्न नपाएपछि बैठककै बीच उनी संसदबाट बाहिरिएकी थिइन् ।

    यसैबीच सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार भएको भेटवार्ता सकिएको छ । प्रधानमन्त्रीको सउरकारी निवास बालुवाटारमा दुई नेताबीच झण्डै ३ घण्टा छलफल भएको हो ।

    अध्यक्षद्वयओली र प्रचण्डबीच एक्लाएक्लै भएकाे छलफलमा स्थायी कमिटी बैठक सुचारु गर्ने सहमति भएको छ । दुई अध्यक्षबीच छलफलमार्फत नै विवाद समाधान गर्ने सहमति पनि भएकाे नेताहरुले बताएका छन् ।

    यद्यपि अरू ठाेसरूपमा भने केहि सहमति हुन सकेकाे छैन । प्रधानमन्त्रीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन नेताहरुले स्थायी कमिटी बैठकमा कुरा उठाएपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफल थालेका थिए ।

    प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेका छन् । तर प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन् । विवाद समाधानका लागि २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका थप प्रष्ट पार्ने ओलीको प्रस्ताव छ ।

    यसैबीच नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुसँगको भेटवार्ताको बिषयलाई लिएर नयाँदिल्लीमा भूकम्प गएको छ । यान्छीको राजनीतिक भेटघाटलाई विशेष चासोका साथ हेर्दै ‘नेपालमा चीनको बढ्दो हस्तक्षेप र नेपालको चीनप्रतिको झुकाव’ का रूपमा व्याख्या गर्दै आएका छन् । नेपालले लिम्पियाधुरासम्म समेटेर नक्सा प्रकाशन गर्नुका पछाडि चीनको हात रहेको समेत केही कूटनीतिज्ञ र विश्लेषकले दाबी गर्दै आएका छन् ।

    भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले पनि नेपालले धार्चुला–लिपुलेक पास जोड्ने सडकको विरोध गरेपछि घुमाउरो पाराले नेपालले चीनको आडमा विरोध भएको दाबी गरेका थिए । नेपालका लागि भारतका एक पूर्वराजदूतले होउको सक्रियता चीनको दीर्घकालीन रणनीतिअनुसार भइरहेको दाबी गरे । ‘सधैं पञ्चशीलको वकालत गर्ने चीनले नेपालको आन्तरिक राजनीतिमा यसरी खुलेर सक्रिय बन्नु सामान्य होइन, त्यसैले दिल्ली स्वाभाविक रूपमा चनाखो हुनुपर्छ’ उनले भने ।

    केही भारतीय सञ्चारमाध्यमले पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा चिसोपन आउनाका पछाडि राजदूत होउको सक्रियतालाई ठानेका छन् । भारतीय हिन्दी दैनिक अमर उज्यालाले भारतको छिमेकी देश नेपालसँग सम्बन्ध बिग्रनुमा राजनीतिक कारणका साथै चीनको कूटनीति पनि जिम्मेवार रहेको र त्यसका लागि राजदूत होउको भूमिका रहेको दाबी गरेको छ । पत्रिकाले राजदूत होउ फेसबुक ट्वीटर र इन्स्टाग्राममार्फत पनि नेपालहरूमाझ लोकप्रिय बनेको उल्लेख गरेको छ ।

    भारतीय समाचार एजेन्सी पीटीआईले पनि राजदूत होउले फेरि एकपटक नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गरेको उल्लेख गरेको छ । एजेन्सीले राजदूत होउ र नेपालबीचको भेटघाटपछि नै जारी स्थायी समितिको बैठक बुधबारका लागि सारिएको दाबी गरेको छ । सत्तारूढ दलभित्रको विवाद बढ्दै गएपछि चिनियाँ राजदूतले आफ्नो सक्रियता बढाउँदै लगेको पीटीआईले लेखेको छ ।

    त्यसैगरी भारतकै अर्को समाचार एजेन्सी आईएनएसले त राजदूत होउले काठमाडौंको कूटनीतिलाई नै पुनर्परिभाषित गरेको र भारतसँगको विवादित भूमिलाई समेटेर प्रधानमन्त्री ओलीको नयाँ नक्सा जारी गर्ने अनपेक्षित कदमका पछाडिसमेत हात रहेको लेखेको छ । ओलीविरुद्ध बढ्दो आक्रोश मत्थर पार्न अरू नेताहरूसँग भेटघाट गरेको समेत आईएनएसले लेखेको छ ।

    यसअघि गत वैशाखमा नेकपाभित्र कलह चर्किएपछि राजदूत होउले गरेका राजनीतिक भेटघाट र विकसित घटनाक्रमलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको थियो । त्यतिबेला राजदूत होउले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि पार्टीका शीर्ष नेताहरूलाई समेत भेटेकी थिइन् । र, केही दिनको तनावपछि पार्टीको कलह थामथुम भएको थियो । त्यतिबेला पनि भारतीय विश्लेषक र मिडियाले राजदूत होउमाथि नेपालको राजनीतिमा हस्तेक्षप गरेको आरोप लगाएका थिए । राजदूत होउकै सक्रियताका कारण नेकपाभित्रको विवाद सुल्झिएको दाबी गरेका थिए

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ