• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडाैंमा ह्वात्तै बढ्यो कुखुराको मासुको भाउ, अब केजीलाई कति ?

    1.2K
    SHARES

    काठमाडाैं ।अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो ।

    तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न वा अत्यावश्यक कामका लागि मात्र होइन, मान्छेहरू घरबाहिर निस्केर टहल्न वा रमाइलो गर्न पनि भिडमा मिसिँदैछन् । न शारीरिक दुरी कायम गरिएको छ, न मास्कजस्ता सुरक्षात्मक विधि अपनाइएको छ ।

    पछिल्लो समय काठमाडाै।सहित देशभर कुखुराको मासुको मूल्य बढ्दै गएको छ। बजारमा कुखुराको अभाव भएपछि मूल्य बढ्न थालेको हो। लकडाउनको सुरूवातमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय ८० रूपैयाँ थियो। अहिले ३ सय ९० देखि ४ सय रूपैयाँसम्म पुगेको छ।

    बजारमा कुखुरा मासुको माग बढेपछि मूल्य बढ्दै गएको सिन्धुलीगढी कोल्ड स्टोर, बानियाँटारका मासु व्यापारी विष्णु कार्की बताउँछन्। ‘लकडाउन खुकुलो हुँदै जाँदा कुखुराको मासुको खपत बढेको छ। त्योसँगै मूल्य पनि बढेको छ,’ उनले भने, ‘लकडाउनले गर्दा किसानले चल्ला हालेनन्, अहिले बजारमा ज्युँदो कुखुरा अभाव छ।’

    उनकाअनुसार दुईसाता अघि कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ६० थियो। बीचमा प्रतिकेजी ८० पुग्यो भने, शुक्रबारदेखि ३ सय ९० रूपैयाँ पुगेको छ। किसानले चल्ला हाल्न नसक्दा कुखुराको अभाव भई मूल्य बढेको उनी बताउँछन्।

    ‘लकडाउनको सुरूआतमा किसानले कुखुराको मूल्य पाएनन्, कसैको दाना, पानी खुवान नसकेर खोरमै चल्ला मरेपनि। लकडाउनले काम नगरी खाँदा पैसा सकिएर पनि किसानले चल्ला हाल्न सकेनन्,’ उनले भने, ‘त्यसैले अहिले ज्युँदो कुखुरा अभाव भएको हो।’

    अहिले ज्युँदो कुखुराको मूल्य प्रतिकेजी २ सय ७० पाएको काभ्रेस्थलीको कुखुरा पालक किसान राजन अधिकारीले बताए। उनकाअनुसार यो मूल्य अहिलेसम्मकै अधिक मूल्य हो। हप्ता १० दिनपछि विस्तारै कुखुराको मासुको मूल्य घट्ने भ्याली कोल्ड स्टोरका सञ्चालक हरिकृष्ण रावलले बताए।

    ‘लकडाउनले गर्दा किसानले चल्ला हालेका थिएनन्, त्यसैले कुखुराको अभाव भएको हो,’ उनले भने, ‘अब हप्ता १० दिनपछि बजारमा कुखरा पर्याप्त आउँछ, त्यसपछि विस्तारै मूल्य घट्न थाल्छ।’ कुखुराको मासूको मात्रै होइन अण्डाका मूल्य पनि ह्वात्तै बढेको छ। १ महिनाप्रति क्यारेट ३ सय २० उपभोक्ता मूल्य रहेको अण्डा अहिले १ सय बढेर ४ सय २० पुगेको छ।

    भुसको आगोजस्तो भित्रभित्रै सल्कदैछ कोरोना

    हिजोसम्म हामी सर्तक एवं सजग थियौं, कोरोनाको जोखिमप्रति । तर अहिले हामी यसरी बद्लिदैछौं, मानौं कोरोनाको कुनै डर छैन । जबकि भुसको आगोजस्तै कोरोना भाइरस भित्रभित्रै सल्किरहेको पाइन्छ । अहिले दिनहुँ सैयौं संक्रमित बढ्दैछन् । अझ परीक्षणको दायरा बढाउने हो भने यो संख्या बढ्न सक्ने सहजै अनुमान गर्न सकिन्छ ।

    हालसम्म १५ हजार ४ सय बढी कोरोना संक्रमित भइसकेका छन् । त्यसमध्ये ३४ जना संक्रमितको कोरोनाले ज्यान लिइसकेको छ । वैश्विकस्तरमा पनि कोरोना संक्रमण र मृत्युदर बढ्दो छ । विश्वमा कोरोना भाइरसकै कारण पाँच लाखको मृत्यु भइसकेको छ । एक करोड १२ लाख बढी कोरोना संक्रमित छन् ।

    अब कोरोनाको डर छैन ?

    कोरोना भाइरसको संक्रमण घट्दो क्रममा वा नियन्त्रित अवस्थामा छैन । कोरोना संक्रमण पूर्णत: नियन्त्रणमा आइसकेको भनिएका कतिपय मुलुकमा पुनः यसको संक्रमण फैलिएको छ । कोरोनाको केन्द्रबिन्दु भनिएको चीनको वुहानमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण भेटिएका छन् ।

    त्यति मात्र होइन, कोरोना संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः यसको संक्रमण देखिएको छ । नेपालमै पनि यस्तो घटना दोहोरिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार कोरोना भाइरसविरुद्ध शरीरमा जुन एन्टिबडी निर्माण भएको छ, त्यसले लामो समय वा आजीवन काम गरेको पाइँदैन । कोरोना भाइरसविरुद्ध शरीरमा बनेको एन्टिबडीको असर दुई-तीन महिनामै सकिएको विभिन्न अध्ययनबाट थाहा भएको छ । यस हिसाबले पटकपटक कोरोना संक्रमणको जोखिम कायमै छ।

    भर्खरैमात्र अर्को डरलाग्दो तथ्य बाहिर आएको छ, काठमाडौंको ढलमा कोरोना भाइरस फेला परेको । उपत्यकाभित्रको ४ स्थानको ढलको नमुना परीक्षण गरिएकोमा दुई स्थानको ढलमा कोरोना भाइरस भेटिएको हो । यसको निचोड के भने, उपत्यकामा समुदायमा भित्रभित्रै कोरोना संक्रमण फैलिइसकेको छ ।

    हामीकहाँ कोरोना परीक्षणको दायरा एकदमै साँघुरो छ । सबैतिर यसको पहुँच पुर्‍याइएको छैन । यही कारण पनि कोरोना संक्रमित जुन रुपमा बढ्दो छ, त्यसअनुसार बाहिर नतिजा आउन सकेको छैन ।

    लकडाउन भएसँगै भारतबाट लाखौं मजदुर स्वदेश भित्रिएका छन् । सहरका मान्छेहरू गाउँगाउँ पुगेका छन् । कतिपय विदेशमा रहेकाहरू पनि घर फर्किएका छन् । यसबाट पनि के स‌ंशय पैदा हुन्छ भने कतै भित्रभित्रै कोरोना भाइरस फैलिरहेको त छैन ?

    ‘जो अगुवा उही बाटो हगुवा’

    नेपाली समाजमा प्रचलित एउटा उखान छ, ‘जो अगुवा, उही बाटो हगुवा ।’ हामीकहाँ अहिले यस्तै परिदृश्य देखिन्छ । केही समयअघि मात्र एउटा तस्विर सार्वजनिक भयो, मुलुकका शीर्ष नेताहरू मुखमा मुख जोडेर गफिइरहेका थिए ।

    उनीहरूले नै नीति–निर्माण तहमा रहेर मुलुकलाई कोरोनाको सम्भावित जोखिमबाट बचाउन लकडाउन गर्नुपर्छ भनेका हुन् । उनीहरूकै कुरा शिरोपर गर्दै सर्वसाधारण घरभित्र थुनिएका छन् । तर नेताहरू भने मुखमा मुख जोडेर भिड लगाइरहेका छन् । उनीहरू स्वयं कोरोनाको जोखिप्रति सचेत र सर्तक नभएका हुन् वा कोरानाले केही गर्दैन भन्ने मनोबल बढाएका हुन् ?

    कोरोना भाइरस अरू घातक भएमा ?

    कोरोनाजस्तो भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्छ र यो अरू घातक बन्ने खतरा हुन्छ । केही समयअघि वैज्ञानिकहरूले ६२ वटा देशबाट कोरोना भाइरसका ५३ सयभन्दा बढी संक्रमितको जिनोमको विश्लेषण गर्दा के पाए भने कोराना भाइरसका केही उपप्रजातिहरू आफूलाई परिवर्तन गरी मानव शरीरमा बिस्तार हुने उपक्रममा छ । उक्त अध्ययनअनुसार अधिकांश भाइरस स्थिररहे पनि केही उपप्रजातिहरूले आफूलाई परिवर्तन गरी मानव शरीरमा अनुकूलित भएको देखिन्छ ।

    यस्ता भाइरसहरुले मानव शरीरभित्रै आफ्नो स्वरूप परिवर्तन गरेर थप घातक बन्न सक्छ । हामीकहाँ अहिलेको अवस्थामा जसरी कोरोना भाइरसको संक्रमण बढ्दैछ, त्यही अनुरुप भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दै अरू घातक भएमा के होला ? कोरोना भाइरसको संक्रमण अरू भयावह र जटिल भए के होला ?

    हाम्रो जस्तो कमजोर चिकित्सा प्रणाली र पहुँच भएको मुलुकमा यसले भयानक संकट निम्याउने खतरा रहन्छ । त्यसैले भोलिको सम्भावित खतरालाई मध्यनजर गरेर पनि आज हामीले थप सर्तकता अपनाउनुपर्ने हो । तर हामी त अरू लापरवाही गरिरहेका छौं । हामीकहाँ कोरोना नियन्त्रणमा आएको छैन, बरु अरू तीव्र रुपमा बढ्दैछ । यस्तो अवस्थामा कोरोनाले शरीरभित्रै आफ्नो स्वरूप बदलेर अरू घातक बन्ने जोखिम छँदैछ । तर अहिले हामी यसरी लापरवाही गर्दैछौं, मानौं कोरोनालाई हाँच्छ्यु–साच्छ्युँ गरेर, तातो पानी पिएर सजिलै उडाइदिन सकिन्छ ।

    खानपानसँग जोडिएका यी उखान कति उपयोगी ?

    ‘धेरै खाए मल, थोरै खाए बल ।’ हाम्रा समाजमा प्रचलित यस्ता थुप्रै उखान छन्, जसले खानपानको उचित शैली र मात्राबारे अवगत गराउँछ । आज पोषणविद्हरुले जुन कुरामा जोड दिन्छ, त्यही कुरा उखानको माध्यामबाट हाम्रा पूर्खाहरुले सदियौंदेखि भन्दै आए ।

    अन्त्यानुप्रास मिलेको, सुन्दा घतलाग्दो र झट्ट स्मरण गर्न सकिने यी उखान–टुक्काहरुमा गहिरो अर्थ र जीवनोपयोगी सन्देश पनि छन् । हामीकहाँ सदियौंदेखि जीवनशैली, खानपान आदिसँग सम्बन्धित यस्ता थुप्रै उखानहरु प्रचलनमा छन् ।

    जस्तो कि, ‘अन्नमा भन्दा सन्नमा जोड ।’ सामान्य लाग्ने यो उखानले हाम्रो खानपानको सन्तुलनबारे बताउँछ । अहिले तपाईं÷हामीले तयार गर्ने सन्तुलित खानपानको तालिकाले पनि यही कुरामा जोड दिन्छ । अन्न अर्थात ठोस पदार्थ भन्दा बढी तरल र सागपात सेवन गर्नुपर्छ ।

    अर्को उखान छ, ‘एक छाक खाने जोगी, दुई छाक खाने भोगी, तीन छाक खाने रोगी ।’ हाम्रो दैनिक खानपानको मात्रा कति हुनुपर्छ भन्ने बोध गराउँछ यो उखानले । यसले दिनमा एक छाक खानाबाट जे–जति पोषण प्राप्त हुन्छ, शरीरका लागि त्यती पर्याप्त छ भन्ने संकेत गर्छ । शरीरलाई आवश्यक भन्दा बढी खानेकुरा खानुलाई शौख वा भोगसँग जोडिएको छ । त्यसैगरी अधिक खानाले रोग निम्त्याउने भन्दै सर्तक गराइएको छ । अहिले यही कुरालाई जोडेर भन्न थालिएको छ, ‘खान जाने औषधि, खान नजाने विष ।’

    प्राकृतिक चिकित्सामा भोजनलाई नै औषधिको रुपमा लिइएको छ । सही खानेकुरा, सही मात्रामा, सही ढंगले र सही समयमा सेवन गर्दा त्यसले शरीरमा औषधिको काम गर्छ । तर, त्यही खानेकुरा गलत मात्रा र गलत ढंगले प्रयोग गर्दा शरीरमा विकार पैदा हुन्छ । शरीर विष भण्डार बन्छ ।

    पछिल्लो समय के पनि भन्न थालिएको छ भने, ‘जति खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर ।’ आज भोकमरीको कारण मर्ने मान्छेको संख्या भन्दा बढी अधिक र अनावश्यक खानाको कारण मर्नेहरुको संख्या बढी छ । अहिले विश्वमा बढ्दो रोगको कारण नै खराब खानपान हो भनेर चिकित्सकहरुले नै यसप्रति सजग गराउन थालेका छन् । जबकी हाम्रा पूर्खाहरुले बर्षौं–बर्ष अघि नै ‘अत्याधिक खानाले शरीरलाई पोषण दिने होइन, रोगी बनाउँछ’ भन्दै आए ।

    ‘काम गर्दा नोकरले जसरी, खाना खाँदा राजाले जसरी ।’ काम गर्दा भरपुर श्रम एवं मेहनत गर्नु, जसरी एउटा श्रमिकले गर्छ । तर, खानेकुरा सेवन गर्दा पूर्ण आनन्द र सन्तुष्टि लिएर आरमसाथ गर्नुपर्छ । आरमसाथ बसेर, हरेक गाँसमा स्वाद लिएर, राम्ररी चपाएर आनन्दपूर्वक खानुपर्ने सुझाइएको छ ।

    मह काड्नेले हात चाट्छ, सधैभरी दुध र भात मिल्दैन, घिउ केमा पोखियो आफ्नै भागमा । यी उखानहरु खानपानसँग सम्बन्धित छैनन् । तर, यसले मह, घिउ, दुध र भातको महत्वलाई भने उजागर गर्छ ।

    त्यसो खानपानसँगै जोडिएका अरु थुप्रै उखान–टुक्का प्रचलनमा छन्, जसले अरु नै अर्थ दिन्छ । जस्तो–आलु खाएर पेडाको धाक, जात फाल्नु गहतको झोलमा, बाहुनले च्याउ खाओस् न च्याउको स्वाद पाओस् । अरु नै कुरालाई अथ्र्याउन एवं बुझाउनका लागि प्रचलनमा ल्याएका यी उखानहरुले आलु, गहत, च्याउ जस्ता खानेकुरालाई भने सामान्य एवं निम्न भनि पेश गरिएको छ । जबकी पोषण र औषधिय गुणका हिसाबले आलु, च्याउ, गहत उच्च श्रेणीकै खानेकुरामा पर्छन् ।

    खानेकुरासँगै जोडिएका अरु उखान यसप्रकार छन्–चौटा खान गएकी बुढी झोलमा डुबेर मरी, खाने मुखलाई जुँगाले छेक्दैन, चिचीको पनि लोभ पापाको पनि लोभ, काम गर्ने कालु मकै खाने भालु, घाटी हेरेर हाड निल्नु, जति भाँडो उति चुबुर्को, खान्न खान्न लोकाचार खाएपछि मानाचार, बोल्नेको पीठो विक्छ, नबोल्नेको चामल विक्दैन । यी उखानहरु चाहिँ खानपानको गुण, मात्रा, शैलीसँग सम्बन्धित छैनन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ