• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    कोरोना संक्रमणबाट विदेशमा थप १३ नेपालीको मृ’त्यु

    735
    SHARES

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको प्राणघातक कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो ।

    समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।

    एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना संक्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् । एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

    उद्धार जारी
    यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ ।

    अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको संघको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा थप १३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ५४७ पुगेको छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

    कहाँ कति थपिए ?
    डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पाँचथरका एकजना ताप्लेजुङका २ जना र मोरङका २ जना संक्रमित भएका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २७ जना सिराहाका एकजना र महोत्तरीका १२ जना रहेका छन् ।

    नारायणी अस्पतालमा गरिएको परीक्षणमा वीरगंजमा पर्साका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
    यस्तै राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, बैतडीका ३ जना,

    कैलालीका १४ जना, कपिलवस्तुका एकजना, काठमाडौंका ५ जना नुवाकोटका एकजना, रौतहटका २ जना, सल्यानका एकजना र सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुरका अस्पताल चितवनमा गरिएको परीक्षणमा मकवानपुरका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा रौतहटका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, वित्रि शिक्षण अस्पताल महाराजगंजमा अर्घाखाँचीका २ जना, बाँकेका एकजना, बर्दियाका एकजना, काठमाडौंका २१ जना, नुवाकोटका एकजना, सर्लाहीका एकजना, भक्तपुरका एकजना, रामेछापका २ जना, सिन्धुपाल्चोकका २ जना, इलामका एकजना, ललितपुरका २ जना, म्याग्दीका एकजना र धादिङका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका एकजना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, लमजुङका एकजना र गोरखाका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका एकजना, नलवपरासीका एकजना, प्युठानका ११ जना र रुपन्देहीका एकजना संक्रमित भएका छन् ।

    डा गौतमका अनुसार भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा सल्यानका १५ जना, दैलेखका २ जना, सुर्खेतका १० जना, स्याङ्जाका एकजना, बर्दियाका ४ जना संक्रमित भएका छन् । यस्तै दैलेखको प्रयोगशालामा दैलेखका ५ जना र सुर्खेतका २ जना संक्रमित भएका छन् । यस्तै चौरजहारी नगरपालिकामा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा रुकुमपश्चिमका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बाजुराका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    यस्तै डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीका एकजना, डडेल्धुराका ६ जना, डोटीका ३ जना, कैलालीका १३ जना र कंचनपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ