• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update समाचार

    थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि, आजै २ जनाको मृ’त्यु

    613
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा ४ हजार ५० नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार अछामका ३७ र सप्तरीका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६ जनाको रिपोर्ट पनि पोजेटिभ आाएको छ ।

    बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ जना तथा दैलेख, इलाम, स्याङजा र तनहुँका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप दुई जनाको मृ’त्यु भएको पुष्टि भएको छ । गोरखा, पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देही, देवदेहका ७५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृ’त्यु भएको हो ।

    पालुङटारका पुरुष १६ गते कतारबाट आएका थिए । पालुङटारको जीवनज्योति माविको क्वारेन्टिनमा बस्दा स्वास्थ्य बिग्रिदै गएपछि जिल्ला अस्पतालको आइसोलेनमा भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको हो।

    उनको २० असारको दिन विहान ५ बजेर ५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । देवहदका पुरुष क्षयरोगको उपचारका लागि १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको १७ गते निधन भएको हो । त्यसको भोलिपल्ट उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृ’त्यु हुनेहरुको संख्या ३४ पुगेको छ ।

    यससँगै कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय १५ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल तथा आइसोलेसेन सन्टरबाट २७२ जना डिस्चार्ज भएका हुन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ