• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    सुशान्तको मोबाइल फरेन्सिक रिपोर्ट सार्वजनिक, आ’त्मह’त्या अघि गुगलमा सर्च गरेका थिए यी कुरा

    0.9K
    SHARES

    काठमाडौँ । बलिउड चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मोबाइल फरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ । अभिनेता सुशान्त सिंह राजपूतको आ’त्म’ह’त्या प्र’क’र’णपछि बलिउड क्षेत्रमा नाताबादको विषयले निकै चार्चा पाएको छ। मुबई प्रहरी उनको आ’त्म’ह’त्याका विषयमा अनुसन्धान गर्न खटिरहेको छ।

    सुशान्तको पोस्टमार्टम रिर्पोटपछि उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट पनि सार्वजनिक भएको छ। रिर्पोटका अनुसार सुशान्तले १४ जूनमा आ’त्म’ह’त्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए।

    उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले नाम सर्च गरेपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए।

    सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेका थिए। उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको अनुभुती हुने गरेको उनका नजिकका साथीले बयान दिएका छन्। पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे।

    यस्तै सुशान्त सिंह राजपूतको आ’त्मह’त्यापछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ । बलिउडका कैयन् कलाकारलाई आफ्ना भाइ भतिजालाई काम दिएको तर राम्रो अभिनय गर्न सक्ने आउटसाइडर कलाकारलाई काम नदिएको आरोप लागेको छ ।

    पछिल्लो समय बलिउडमा नेपोटिज्ममाथि बहस चले पनि यो संस्कृति दशकौंदेखि चल्दै आएको छ । बलिउड अभिनेता अक्षय कुमारले पनि आफ्नो करिअरका बेला यस्तो समस्या भोगेका थिए । उनले एक अन्तर्वार्तामा फिल्म ‘फूल और काँटे’ मा आफूलाई निकालेर अजय देवगनलाई काम दिइएको बताएका छन् ।

    अजय देवगन बलिउड स्टन्टम्यान वीरु देवगनका छोरा थिए भने अक्षय दिल्लीका आउटसाइडर थिए । अक्षयले अन्तर्वार्तामा भनेका छन्, ‘सन् १९९१ मा रिलिज भएको फिल्म ‘फूल और काँटे’ मा म थिएँ, म यो फिल्ममा गीतको मेकिङमा, फोटोशूटमा र यसका अलावा कैयन् ठाउँमा थिएँ, शूटिङभन्दा एक दिनअघि मलाई एक फोन आयो, त्यतिबेला मैले भोलिको शूटिङका लागि तयारी गरिरहेको थिएँ ।’

    अक्षयले राति आएको फोनमा आफ्नो सट्टा अरुलाई राखिएको भनेको बताएका छन् । अक्षयले अन्तर्वार्तामा भनेका छन्, ‘भाइ, भोलिबाट नआउनू भनियो ।’ अजय देवगन र अक्षय कुमारबीच भने कुनै विवाद छैन । रोहित सेट्टीको हिट फ्रेन्चाइज फिल्म ‘सूर्यवंशी’मा यी दुईले काम गरिरहेका छन् ।

    यसको पहिलो भाग ‘सिंघम’ मा अजय देवगन थिए भने ‘सूर्यवंशी’ मा अक्षयले लामो समयपछि क्याटरीना कैफसँग काम गरेका छन् । कोरोना भाइरस र लकडाउनका कारण ‘सूर्यवंशी’ को रिलिज मिति अन्यौलमा छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ