• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    कर्णाली समाचार

    कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

    726
    SHARES

    कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति सार्वजनिक गर्दै थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १२ जना र भेरी अस्पताल नेपालगञ्ज बाँकेमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    नयाँ थप भउका सङ्क्रमितहरू रुकुम पश्चिमका ८ जना, दैलेखका ३ जना, बाँकेका एकजना, डोल्पाका दुईजना र कालिकोटका दुईजना छन् । योसँगै कर्णाली प्रदेशमा हालसम्म १ हजार ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७२ जना निको भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ