• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights

    अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी

    1.3K
    SHARES

    काठमाडाैं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ। समाचार संस्था एपीका अनुसार इरानी अधिकारीले ट्रम्पलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग माग्दै अनुरोध पत्र पठाएका छन्। गत जनवरीमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा ह’त्या गरेको आरोपमा इरानले ट्रम्पसहित तीस जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    तेहरानका अभियोजनका अली अल्क्वासिमेरले उनीहरूमाथि ह’त्या र आ’तंकवा’दको अभियोग लगाइएको बताए। ट्रम्पबाहेक अरू क-कसलाई पुर्जी जारी गरिएको हो भन्नेबारे उनले खुलाएनन्। ट्रम्प राष्ट्रपतिबाट हटेपछि पनि इरानले उनलाई प’क्रने उनको भनाइ छ।

    फ्रान्सको लियोनमा मुख्यालय रहेको इन्टरपोलले इरानी अनुरोधबारे कुनै प्रतिक्रिया दिएको छैन। अल्क्वासिमेरले इन्टरपोलसँग ट्रम्प र उनका अन्य अधिकारीमाथि रेड नोटिस जारी गर्न अनुरोध गरिएको बताए।

    रेड नोटिस कुनै पनि आरोपितलाई पक्रिन इन्टरपोलले जारी गर्ने सबैभन्दा उच्चस्तरीय सूचना हो।कुनै मुलुकले कुनै व्यक्तिलाई पक्रिन रेड नोटिसका लागि आग्रह गरिसकेपछि इन्टरपोलको बैठकले सूचना जारी गर्ने वा नगर्ने निर्णय गर्छ।

    यसैबीच इरानका राष्ट्रपति हसन रुहानीले कोरोना भाइरस र अमेरिकी प्रतिबन्धको कारण सबैभन्दा कठिन वर्षको सामना गरिरहेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान परमाणु सम्झौता फिर्ता लिएको र फेरि प्रतिबन्ध लागू गरेपछि कोरोना भाइरसको बढ्दो प्रकोपको कारण इरानको अर्थिक समस्या झन् बढेको हो ।

    गएको सोमबार इरानको मुद्रा रियाल अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून भएको थियो । ‘सन् २०१८ मा सुरु भएको आर्थिक दबाब बढेको छ र आज यो हाम्रो देशको लागि सबैभन्दा मुश्किल दबाब हो’, एक टेलिभिजनमा दिएको भाषणमा रुहानीले भने ।

    महामारीको सङ्क्रमण रोक्न लागू गरिएको प्रतिबन्धमा छुट दिएपछि इरानमा कोरोना भाइरसको सङ्क्रमण र मृत्युमा वृद्धि देखिएको छ । इरानमा कोरोना सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या पछिल्लो दुई महिनामा पहिलो पटक सयभन्दा धेरै छ ।

    इरानमा कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो दुई महिनामा पहिलो पटक सयभन्दा धेरै भएको छ । राष्ट्रपति रुहानीले आउँदो आइतबारदेखि भिडभाड हुने ठाउँमा दुई हप्तासम्म अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताएका छन् । कोरोना सङ्क्रमण रोकथामको लागि यी स्वास्थ्य निर्देशन पालना नगरे फेरि प्रतिबन्ध लागू गरिने वरिष्ठ अधिकारीहरुले बताएका छन् ।

    इरानमा अहिलेसम्म दुई लाख २० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ भने १० हजारभन्दा धेरैको ज्यान गएको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड दुई लाख नाघेको छ । वल्डोमिटरले जनाएअनुसार सङ्क्रमितमध्ये ५ लाख बढीको ज्यान गएको छ ।

    अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको ज्यान गएको हो । यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये एक लाख २८ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकामा १ लाख ९३ हजारभन्दा बढी निको भएका छन् ।

    ब्राजिलमा १३ लाख ४५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको जनाको ज्यान गएको छ । यस्तै ६ लाख ३४ हजारभन्दा बढी सङ्क्रमित रहेको रुसमा ९ हजारभन्दा धेरैको ज्यान गएको छ ।

    चौथो स्थानमा रहेको भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमितमा १६ हजार ४८७ जनाको ज्यान गएको छ । भारतमा ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ