• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका समाचार

    नेपालमा सलह किरा प्रवेश गरेलगत्तै सरकारले गर्यो यस्तो घोषणा

    835
    SHARES

    काठमाडौँ । नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । नेपालमा सलह किरा प्रवेश गरेलगत्तै  सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ ।

    शनिबार सलह किरा देखिएपछि प्रदेश ५ सरकारले एक किलो सलह किरा ल्याए २० रुपैयाँ दिने निर्णय गरेको हो । भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीले सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरेको बताए । ’

    सलह किरा दिउँसोमा उड्छ भने साँझमा बास बस्छ । बास बसेका बेलामा समातेर जम्मा गरेर क्षति रोकिनुका साथै मिहेनत वापत प्रोत्साहन रकम लिन मन्त्रालयले अपील गरेको छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले सुझाएको छ । ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयका सचिव सुवेदीले बताए ।

    मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ । ‘अहिले जताततै खेत रोपाई गर्ने मौसम छ, सलहले धानको बीउ नष्ट गर्‍यो भने रोपाई नै हुन सक्दैन । सबै किसानलाई धानको बीउ सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले राम्ररी ढाकेर राख्न मन्त्रालय अपील गर्दछ’ भूमि व्यवस्थामन्त्री आरती पौडेलले भनिन्, ‘सरकारले एक्लै केही गर्न सक्दैन, यसमा किसान दाजुभाइले सावधानी अपनाउनुपर्ने हुन्छ ।’

    सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

    नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् । सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको मन्त्रालयका उपसचिव डा.गंगादत्त आचार्यले बताए ।

    मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहितका एक दर्जन विज्ञ छलफलमा सहभागी थिए । एफएओ थाइल्यान्डकाे संयाेजनमा तत्कालै उक्त परामर्श बैठक गरिएको मन्त्रालयले जनाएको छ ।

    सलह भेटिएकाे क्षेत्रमा विषादी प्रयोग गरेर किरा नष्ट गर्न मन्त्रालयले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय थालिएको जनाएको छ । मन्त्रालयले सबै कृषि प्राविधिकलाई किराकाे आफ्नाे क्षेत्रकाे बाटो र अवस्था पहिल्याउन परिचालन गराईसकेकाे जनाएको छ । केन्द्र सरकारकाे नेतृत्व र समन्वयमा प्रदेश र स्थानीय तहलाई सतर्कता अपनाउन र सञ्चार समन्वयमा रहन निर्देशन दिइएकाे छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ