• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    टेनिसका नम्बर एक खेलाडी जोकोभिक र उनकी पत्नीलाई कोरोना संक्रमण

    247
    SHARES

    काठमाडौं । विश्व नै काेराेनाकाे कहरले सन्त्रास फैलाएकाे बेला टेनिसका नम्बर एक खेलाडी नोभाक जोकोभिक र उनकी पत्नीलाई कोरोना संक्रमण भएको छ । बेलग्रेड पुग्नासाथ उनको, उनको परिवारको र उनको टिमका सबै सदस्यहरुको कोरोना परीक्षण गराइएको थियो ।

    परीक्षणको क्रममा जोकोभिक र उनकी पत्नीलाई कोरोना पोजेटिभ देखिएको तर उनीहरुको बच्चाको रिपोर्ट नेगेटिभ देखिएको जोकोभिकले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । उनीभन्दा अगाडि ग्रिगोर डिभित्रोव, बोरना कोरिक र विक्टर ट्रोइस्कीलाई एड्रिया टुरपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

    यो प्रतिस्पर्धा जोकोभिकले नै आयोजना गरेका थिए । उनले तीन टेनिस खेलाडीलाई संक्रमण पुष्टि भएको थाहा पाएपछि आफू दुःखी भएको बताएका थिए । ब्रिटेनका डेन इवासले तीन खेलाडीलाई संक्रमण पुष्टि हुनासाथ शीर्ष वरियतामा रहेका जोकोभिकले यस इभेन्ट आयोजनाको विषयमा केही जिम्मेवारी महसुस गर्नुपर्छ ।

    यस्तै पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण भएको छ । सोमबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार थप ७ खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको जनाएको छ । बोर्डले कराची लाहोर र पेशावरमा गरी कुल ३५ जना खेलाडीमा कोरोना परीक्षण गरेको थियो । जसमा अहिलेसम्म १० खेलाडीमा कोरोना संक्रमण देखिएको हो ।

    मंगलबार कोरोना पोजेटिभ देखिने खेलाडीमा फखर जमन, इमरान खान, कासिफ भट्टी, मोहम्मद हाफिज, मोहम्मद हासनेन, मोहम्मद रिजवान र वाहव रियाज छन् । यसअघि हैदर अली शदाब खान र हरिस राउफलाई कJरोना संक्रमण भएको थियो ।

    परीक्षण गरिएकामध्ये अन्य १६ खेलाडीमा संक्रमण नभएको देखिएको छ । यमाद वासिम र उस्मान शिनवारीमा भने यसअघिकै परिक्षणमा नगेटेभ देखिएको थियो । इंग्ल्याण्ड टुरमा लागि घोषणा गरिएको २९ सदस्यीय टोलीमा रहेकामध्ये शोयब मल्लिकको भने परीक्षण गरिएको छैन ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ