• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    बलिउड- हलिउडल

    सुशान्तको मृ’त्यु प्र’क’रणमा नाम मुछिएपछि सलमान खानले बल्ल गरे यस्तो ट्वीट

    1K
    SHARES

    काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा आफ्नो नाम पनि मुछिएपछि सलमान खानाले मुख खोलेका छन् ।  सुशान्त जुन १४ मा मुम्बईको बान्द्रा स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका  थिए।

    भारतीय मिडियाले उनी डिप्रेशनमा रहेको जनाएका छन्। तर, उनको मृत्युको कारण अझै खुलेको छैन। सुशान्तको मृत्युले बलिउडमा अहिले नातावादबारे बहस निम्त्याइदिएको छ। केही दिग्गज सेलिब्रेटी जस्तै कंगना रनौत, अभिनेता साहिल खान र निर्देशक अभिनव कश्यप लगायतले बलिउडको भित्रि पाटोको पर्दाफास गरेका छन्।

    यस मामिलामा सामाजिक सञ्जालमा अहिले बलिउडका सुपरस्टार सलमान खानमाथि घेराबन्दी भएको छ। सुशान्तको मृत्युको कारण भन्दै अभिनेता खान, करण जोहर लगायतका कलाकार विरुद्ध अदालतमा मुद्धा समेत परेको छ।

    ट्विटरमा सुशान्तको मृत्यु प्रकरणमा सलमानको विरोध भइरहँदा अर्को पक्ष सलमान खानको समर्थनमा समेत उत्रेको छ। जसमा केही बलिउडकर्मी समेत रहेका छन्।

    सुशान्तको आत्महत्या प्रकरणमा आफ्नो नाम मुछिएपछि सलमान खानले पहिलो पटक मुख खोलेका छन्।अभिनेता खानले एक ट्वीट गर्दे सुशान्तको परिवारलाई सहयोग गर्न आफ्ना शुभचिन्तलाई आग्रह गरेका छन्।

    ‘म मेरा सबै फ्यानहरूलाई सुशान्तका फ्यानहरूको साथमा उभिन र नराम्रो भाषाको प्रयोग नगर्न अनुरोध गर्दछु। कृपया भावना बुझ्ने प्रयास गर्नुहोस्।’ खानले लेखेका छन्, ‘यो कठिन समयमा सुशान्तको परिवारलाई सहारा बनिदिनुस्। कसैलाई पनि आफ्ना प्यारा मान्छे गुमाउनपर्दा धेरै पीडा हुन्छ।’

    बलिउड निर्देशक अभिनव कश्यप र दिवंगत जिया खानकी आमा राबिया अमीनले सलमान खानमाथि गम्भीर आरोप लगाएपछि खानमाथि घेरा बढेको हो। तर केही स्टारहरू पनि सलमानको समर्थनमा आएका छन्।

    ट्विटरमा आरोप प्रत्यारोप चल्दै गर्दा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, आयुष शर्मा, साकीब सलीम, जहीर इकबाल र स्नेहा उल्लालले आफ्नो ट्विटर अकाउण्ट बन्द गरेका छन्। सोनाक्षी सिन्हाले ‘दबंग’ बाट र स्नेहा उल्लालले ‘लकी: नो टाइम फर लभ’मा सलमान खानसँग अभिनय गरेर बलिउडमा डेब्यू गरेका थिए।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ