• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    ला लिगाको शीर्ष तीनमा एट्लेटिको मड्रिड, प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो हार

    329
    SHARES

    काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड शीर्ष तीनमा उक्लिएको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोल अन्तरले हराएसँगै लिगको तेस्रो स्थानमा उक्लिएको हो ।

    बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण तीन अंक दिलाए । जीतसंगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंकसहित तालिकाको १५ औं स्थानमा छ ।

    यस्तै इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भएको हो ।

    यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । तर त्यो अग्रता ७ मिनेटभन्दा बढी टिक्न सकेन ।

    खेलको ७५ औं मिनेटमा लेविस डुंकले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा निल मपेले गोल गर्दै ब्राइटनलाई २-१ को जीत दिलाए । यो हारसँगै आर्सनलले ३० खेलमा ४० अंक जोडेको छ । आर्सनल नवौं स्थानमा रहेको छ । ब्राइटन भने ३२ अंकसहित लिगको १५ औं स्थानमा रहेको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ