• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    लद्दाख भि’ड’न्तबारे अमेरिकाले पहिलोपटक मुख खोल्यो, भारतलाई झट्का

    8.9K
    SHARES

    काठमाडौं । चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

    अमेरिकी विदेशमन्त्री पोम्पियोले लेखेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो समयमा हामी ती सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गर्दछौं ।’

    भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

    चीनसँग सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका
    भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस पनि गरिरहेको बीबीसीले लेखेको छ । गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टासम्म डिनरसहित बैठक गरेका थिए ।

    अमेरिका र चीन दुवै देश तनावलाई थप बढ्न दिन नचाहेको रुपमा पनि यो बैठकलाई लिइएको छ । चीनले यो छलफललाई रचनात्मक भनेको छ । यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन् । किनभने यो चीनको आन्तरिक मामिला हो । साथै पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनेको बीबीसीले जनाएको छ ।

    यस्तै भारत-चीन सीमा लद्दाखको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्। सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए।

    दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको हो। भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ।

    भारतीय पत्रिका ‘द हिन्दु’ले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ। पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन्। तर भारतीय सेनाले आफ्ना जवान पक्राउ परेको बिषय लुकाएको भन्दै भारतभर हंगामा सुरु भएको छ ।

    सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन-भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ। घटनापछि भारतमा चिनियाँ सामान बहिष्कार आवाज उठेको भनेचीनमा भारतकाे बिराेध भएकाे छ । यसैगरी भारतका दुई शहरमा चीनको झण्डा र चिनियाँ राष्ट्रपतिको पोस्टर जलाइएको छ।

    सीमा भएको घटनामा २० जना भारतीय सैनिककाे मृत्यु भएकाे छ भने १८ जना गम्भीर घाइते भएका छन्। चीनले पनि आफ्नोतर्फ पनि क्षति भएको बताएपनि के-कति संख्यामा आफ्नोतर्फ हताहती भयो भन्ने बारेमा कुनै विवरण सार्वजनिक गरेको छैन।

    लद्दाख क्षेत्रमा सोमबार भएको हिं’सा’त्मक झडपपछि सिर्जित तनाव कम गर्न भारत र चीनबीच बिहीबार भएको मेजर जर्नेल तहको वार्ता सकारात्मक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यो वार्ता बुधबार पनि भएको थियो । तर, बुधबारको तीन घण्टा लामो वार्ता बिनाकुनै सहमति टुंगिएको थियो ।

    त्यसपछि बिहीबार फेरि दुवै पक्ष वार्तामा बसेका थिए । बिहीबारको वार्ता भने सकारात्मक दिशामा अघि बढेको सैनिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पूर्वी लद्दाखको गलवान उपत्यकामा सोमबार भएकाे झडपमा दुवैतर्फ ठूलो संख्यामा मानवीय क्षतिको उल्लेख गरेका थिए ।

    तर, त्यसको दुई दिनपछि दुवै पक्षले राजनीतिक र सैन्य तहमा संवादलाई अगाडि बढाएका छन् । बुधबार भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग पनि टेलिफोन कुराकानी गरेका थिए ।

    दुवै पक्षले टेलिफोन कुराकानी घटनालाई लिएर एकअर्कालाई दोषारोपण गरेका थिए । त्यसैगरी मेजरल जनरल तहको वार्तालाई सुरु गरिएको थियो । तर, उक्त वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

    यसैबीच लद्दाख घटनामा भारतीय सेनातर्फ भएको मानवीय क्षतिलाई लिएर राजनीतिक दलहरूबीच आरोपप्रत्यारोप सुरु भएको छ । विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले भारतीय सैनिकको ज्यान जानुमा लापरबाही भएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले बिहीबार ट्वीटरमा एउटा भिडियोमार्फत बिनाहतियार ड्युटीमा खटाइएका कारण भारतीय सैनिकहरूको ज्यान गएको दाबी गरेका छन् । विदेशमन्त्री एस जयशंकरले त्यसको जवाफमा ट्वीटमार्फत ड्युटीमा खटिएका सैनिकहरू सधैँ हतियारले सुसज्जित रहने हुँदा तथ्यमा आधारित हुन गान्धीलाई भनेका छन् ।

    यसैबीच चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ ।

    चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको समाचार ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो । ग्लोबल टाइम्पसले लेखेको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ ।

    सम्पादकीयमा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ ।’

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ