• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, १९ संक्रमित अस्पतालबाट डिस्चार्ज

    1.3K
    SHARES

    काठमाडौं । कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ८६ र सुर्खेतका ३४ गरी कूल १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दैलेखको महावु गाउँपालिकामा मात्र पाँच महिलासहित ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उक्त गाउँपालिका–२ मा ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

    डा तिवारीका अनुसार गुराँसे गाउपालिकामा पाँच, भैरवी गाउँपालिकामा एक, चामुण्डा बिन्द्रासैनी र दुल्लु नगरपालिकामा दुई/दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यसैगरी, सुर्खेत पञ्चपुरी नगरपालिकामा १०, चिङ्गाड गाउँपालिकामा आठ, वीरेन्द्रनगर नगरपालिकामा छ, गुर्भाकोट नगरपालिकामा पाँच, बराहताल र चौकुने गाउँपालिकामा दुई-दुई र सिम्ता गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको उgको भनाइ छ । महाशाखा प्रमुख डा तिवारीका अनुसार आज १२० जना कोरोना थपिएसँगै अब कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या एक हजार २२४ पुगेको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट छ, आइसोलेशन केन्द्र सुर्खेत सालकोटबाट तीन, सिम्ताबाट एक र महाबु आइसोलेशन केन्द्र दैलखबाट एक जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको सङ्ख्या ५०५ पुगेको छ ।

    बुधबार सिम्ता गाउँपालिका सुर्खेतका एक महिलाको मृत्युपश्चात कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको महाशाखाले जनाएको छ ।

    यसैबीच पछिल्लो २४ घण्टामा १९ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेशवर गौतमले पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमण मुक्त भएका जानकारी दिएका हुन् ।

    उनका अनुसार कोरोना निको हुनेहरुमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट छ जना पुरुष, महाबु आइसोलेसन दैलेखबाट एकजना, सल्कोट आइसोलेसनबाट तीनजना पुरुष, सिम्ता आइसोलेसन सुर्खेतबाट एक जना पुरुष रहेका छन् ।

    त्यस्तै, नारायणी अस्पतालको आइसोलेनबाट सात जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । जसमा पर्साका एकजना महिला, छ जना पुरुष र रौतहटका एक जना महिला रहेका छन् । हालसम्म कुल कोरोना निको हुनेको संख्या १ हजार १८६ पुगेको छ । जसमा महिला ११४ र एक हजार ७२ जना पुरुष रहेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया