• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    के लद्दाख भि’डन्तमा चिनियाँ जनमुक्ति सेना पनि मा’रिएका हुन ? चीनले बल्ल दियो यस्तो जवाफ

    6.8K
    SHARES

    काठमाडाैं । पूर्वी लद्दाखको गलवान घाटीमा भारत र चीनको सीमा लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दशकौं पछि पुनः तनावको स्थिती पैदा भएको छ । सोमबार राती चीन र भारतको सेनाबीच भएको हिं’स्र’क झ’ड’प’मा २० भारतीय सैनिकको मृ’त्यु भयो । सुरुमा तीन जवानको मृत्युको खबर आएको थियो तर पछि भारतीय सेनाले आफैं बयान जारी गरेर गम्भीर रुपमा घाइते अन्य १७ जवानको पनि मृ’त्यु भएको जानकारी दिएको थियो ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पूरा घटनाबारे भने, ‘दुबै देशका सिनियर कमान्डरबीच बैठक भयो र तनाव कम गर्ने विषयमा सहमति बन्यो । सबैकुरा छलफलको हिसाबले अघि बढ्ला भन्ने हामीले आशा गरेका थियौं । १५ जून अबेर राती चिनियाँ सेनाले अचानक व्यवहार परिवर्तन गर्यो । चीनले एकतर्फी निर्णय लिँदै यथास्थितीलाई अस्विकार गर्यो र फलस्वरुपः दुबै तिरबाट हिं’स्र’क झ’ड’प भयो । दुबै तर्फका मानिसहरु हताहत भए, जसलाई रोक्न सकिन्थ्यो तर चीनले सम्झौतालाई इमान्दारिताका साथ पालना गरेन ।’

    २० भारतीय सैनिकको मृत्युको खबरले भारतको राजनीति तातेको छ । विपक्षी पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि आएर जवाफ दिन भनेको छ । मोदीले एक भिडियो सन्देशमा भारतीय सैनिकको शहादत बेकार नजाने बताएका छन् । मोदीले भने, ‘भारतीय सैनिक मार्ने क्रममा मरेका हुन् ।’ प्रधानमन्त्रीको भनाई यो थियो कि भारतीय सैनिकको मात्रै एकतर्फी क्षती भएको छैन ।

    के चिनियाँ सैनिक पनि मा’रिएका छन् ?
    भारतीय मिडियामा पनि मंगलबार यहि कुराको छलफल भइरह्यो । केहि मिडियाले चिनियाँ सैनिकको मृत्यु भएको संख्या नै तोकिदियो । तर अहिलेसम्म यसबारे केहि स्पष्ट जानकारी छैन । बुधबार यहि प्रश्न चिनियाँ विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा समाचार एजेन्सी पिटिआईले प्रश्न सोधेको छ । जसमा पत्रकारले सोधेका छन्, ‘भारतीय मिडियामा चिनियाँ सैनिक हताहत भएको बताइएको छ, के तपाईं यसलाई पुष्टि गर्नुहुन्छ ?’

    यो प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भने, ‘मैले अघि पनि भनेँ कि देशका सैनिक ग्राउन्डमा विशेष विषयवस्तु सुल्झाउने कोसिस गरिरहेका छन् । मसँग त्यस्तो कुनै जानकारी छैन, जुन म यहाँ सार्वजनिक गर्न सकूँ । मलाई लाग्छ र तपाईंले पनि देख्नु भएको होला कि यस्तो स्थिती पैदा भएलगत्तै दुबै पक्षबीच सीमामा शान्ति बहालीका लागि कुराकानीमार्फत् विवाद सुल्झाउने कोसिस भइरहेको छ ।’

    चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘संसारका दुई ठूला विकासशील र उदीयमान अर्थतन्त्र भएको देश भारत र चीनबीच मतभेदभन्दा पनि सहमतिको आवश्यकता छ । आ–आफ्ना नागरिकको हित र आशाका अनुसार सम्बन्धलाई सहि बाटोमा अघि बढाएर सहमतिमा पुगेर त्यसको पालना गर्नु नै दुबै देशको आवश्यकता हो । हामीलाई आशा छ कि भारतीय पक्ष हामीसँग काम गर्नेछ र दुई देश एकैसाथ अघि बढ्नेछौं ।’ पिटिआईले सोधेको ‘अब सीमामा हिंस्रक झडप हुँदैन ?’ भन्ने प्रश्नको जवाफमा चाओ लिजियानले भने, ‘स्पष्ट छ कि अब हामी थप विवाद चाहँदैनौं ।’

    यस्तै चीनले अमेरिकाको इसारामा आफूविरुद्ध लाग्ने भारतका लागि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । भारत चीन सीमा क्षेत्रमा चिनियाँ जनमुक्ति सेनाका ८१ समूहले अभ्यास सुरु गरेको जनाउँदै चीनले युद्धका लागि विभिन्न उपकरणको प्रयोग गरिएकोसमेत प्रष्ट पारेको छ । चीनले भारतीय मिडिया पश्चिमा मिडियाजस्तै चीनविरुद्ध प्रयोग भएको निष्कर्ष पनि निकालेको छ ।

    चीनले दक्षिण एसियामा भारतले विभिन्न प्रकारका विवाद निम्ताएको दावी गरेको समाचार ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्स चीन सरकारको मुखपत्र हो । ग्लोबल टाइम्पसले लेखेको सम्पादकीय तथा समाचार टिप्पणीलाई सरकारको आधिकारीक दृष्टिकोणका रुपमा लिने गरिन्छ । सम्पादकीयमा लेखिएको छ, ‘कोरोना महामारीकै समयमा भारतले चीन, पाकिस्तान र नेपालसँग सीमा विवाद गरिरहेको छ । पाकिस्तान चीनको विश्वसनीय रणनीतिक साझेदार हो । नेपालसँग चीनको घनिष्ठ सम्बन्ध छ । यी दुई देश चीनको बेल्ट एण्ड रोड परियोजनामा साझेदार हुन् । यदि भारतले सीमा विवादलाई बढाउँदै लैजाने अवस्थामा दुई वा तीनतर्फबाट सैन्य दबाबको सामना गर्नुपर्ने हुनसक्छ । यहाँसम्मकी तीनवटै देशले सैन्य दबाब दिएमा के हुन्छ ? भारतका लागि त्यो समय विनाशकारी हार हुनसक्छ ।’

    कालापानी क्षेत्रको सीमा विवादलाई लिएर नेपालसँगको सम्बन्धमा तनाव खेपिरहेको भारतको सीमाकै विषयलाई लिएर अर्को छिमेकी चीनसँगको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ ।

    सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच यु’द्धसमेत भएको थियो । करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस आईटीबीपी ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

    जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ । यस पटकको विवाद पनि त्यही एलएसीको उल्लंघनलाई लिएर भएको हो । त्यसमा पनि केही महिनायता गलवन उपत्यका, तातो पानी र प्यानगङ ताल क्षेत्रमा तनाव थियो ।

    तनाव बढ्ने क्रमसँगै दुवै मुलुकले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति पनि बढाउँदै लगेका थिए । भारतले भारतीय सेना सँगै आईटीबीपीको ठूलो संख्यालाई लद्दाखको एलएसी क्षेत्रमा पठाएको छ । भारतले चीनको सैन्य उपस्थिति बराबर बनाउन लद्दाखको अतिरिक्त फौजबाहेक पनि जम्मु–कश्मीरबाट पनि थप सैनिक पठाएको थियो । पछिल्लो विवादमा चीनले भारतमाथि आफ्नो भूमिमा अनधिकृत रूपमा प्रवेश गरेको र सीमासम्बन्धी पूर्वाधार निर्माण गरेको आरोप लगाएको छ ।

    भारतले भने आफ्ना सैनिक आफ्नैपट्टि रहेको बताएको छ । तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विभिन्न स्रोतबाट प्राप्त स्याटेलाइट तस्बिरहरूलाई आधार बनाउँदै दुवै पक्षबाट एलएसीको नजिकै सडक र टेन्ट बनाइरहेको खुलासा गरेका छन् । भारतीय सञ्चारमाध्यमहरूले लद्दाखका तीनवटा स्थानमा दुई देशका सैनिकबीच झडप भएको उल्लेख गरेका थिए । त्यसैगरी सिक्किमको नाकुला क्षेत्रमा पनि दुई देशका सैनिकबीच झडप भएको बताइएको छ । यसअघि विवादका कारण सीमामा खटिएका सैनिकहरूबीच हिं’स्र’क झ’ड’भएका तस्बिर सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भएको थिएन ।

    तनाव भए पनि सैनिक र कूटनीतिकस्तरबाट अवस्था सामान्य पार्ने कोसिस भइरहेको थियो । दुवै पक्षबीच औपचारिक र अनौपचारिक संवाद पनि भइरहेका थिए । भारत र चीनबीच सीमामा आइपर्ने तनावसम्बन्धमा छलफल गर्न सैनिक अधिकारीहरूको नेतृत्वमा एउटा विशेष संयन्त्र नै गठन गरिएको छ । पछिल्लो समय पनि उक्त संयन्त्रमार्फत दुई देशका सैनिक अधिकारीहरूबीच छलफल भएको थियो । गएको ६ जुनमा सैनिक अधिकृत तहमा पाँच घण्टा लामो बैठक भएको थियो । उक्त बैठकमा सीमामा तनाव कम गर्न नेतृत्व तहबाट भएको सहमति कार्यान्वयनमा लैजाने समझदारी गरिएको थियो ।

    तर सोमबार फेरि अचानक दुई पक्ष आमनेसामने भएका हुन् । यो घटना भने पूर्वी लद्दाखको गलवन उपत्यकाको हो। भारतीय रक्षा स्रोतको भनाइमा कर्णेल सन्तोष बाबु एउटा सानो टुकडीसहित सोमबार साँझ गलवन उपत्यकाको १४ नम्बर बिन्दुमा परिस्थिति अवलोकन गर्न पुगेका बेला चिनियाँ पक्षले घेराउ गरेर आ’क्रमण गरेको थियो । त्यसपछि सहयोगका लागि भारतीय पक्षबाट थप जवान पुगे र दुई पक्षबीच हिं’सा’त्मक झ’डप हुन पुगेको हो । स्रोतका अनुसार झ’ड’प छ घण्टासम्म चलेको थियो । त्यसक्रममा केही भारतीय सैनिक भीरबाट खसेको बताइएको छ । भारतले चीनतर्फबाट पनि ठूलो संख्यामा हताहत भएको दाबी गरे पनि मंगलबार साँझसम्म यकिन हुन सकेको छैन ।

    घटनाको समीक्षा गर्न मंगलबार दिनभरि नै दिल्लीमा उच्चस्तरीय बैठकहरू चलेका थिए । रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा चिफ अफ डिफेन्स स्टाफ विपिन रावत, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, प्रमुख सुरक्षा सल्लाहकार अजित डोभलले विभिन्न चरणमा बैठक गरेका हुन् । भारतीय सञ्चारमाध्यमहरूले ती बैठकमा परिस्थितिको समीक्षा गरिएको उल्लेख गरेका छन् ।

    ‘पूर्वी लद्दाख क्षेत्रको सीमा क्षेत्रमा देखिएको तनावलाई मत्थर पार्न भारत र चीनबीच सैनिक र कूटनीतिक तहमा छलफल चलिरहेको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवद्वारा जारी विज्ञप्तिमा भनिएको छ । भारतले सीमा क्षेत्रको विवादलाई वार्ताबाट हल गर्दै शान्ति कायम गर्न सकिनेमा विश्वस्त रहेको समेत जनाएको छ । सँगै भारतको सार्वभौमिकता र भौगोलिक अखण्डताको सुनिश्चित गर्न पनि दृढ प्रतिबद्ध रहेको समेत विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

    सन् १९६२ मा दुई मुलुकबीच सीमालाई लिएर यु’द्ध भएपछि लामो समयसम्म दुई मुलुकबीच सामान्य कूटनीतिक सम्बन्धसमेत थिएन । सन् १९८८ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले चीनको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा ‘आइस ब्रेक’ गरेका थिए । त्यसपछि यी दुई मुलुक आर्थिक र कूटनीतिक रूपमा नजिकिँदै गए ।

    दुई देशबीचको व्यापार बढेर नब्बे अर्ब डलर नाघिसकेको छ । र, शीर्ष तहको राजनीतिक भेटघाट पनि बाक्लो बन्दै गएको थियो । तर सन् २०१७ मा भुटानको दोक्लम क्षेत्रको त्रिदेशीय विन्दुलाई लिएर दुई देशबीच तनाव सिर्जना भएको थियो । त्यतिबेला दुई देशका सैनिकहरूबीच ७३ दिनसम्म घम्साघम्सी परेको थियो । अन्तत: उच्च राजनीतिक तहमा वार्ता भएपछि स्थिति मत्थर भयो । त्यसयता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच वुहान र ममाल्लापुरम अनौपचारिक शिखर वार्तासमेत भइसकेको छ ।

    चीन र भारतबीचको हालको तनावलाई भूराजनीतिक द्व’न्द्वका रूपमा हेरिएको छ । पछिल्लो समय भारतले अमेरिकालगायत मुलुकहरूसँग हिमचिम बढाउँदै लाँदा चीन असन्तुष्ट बन्दै गएको थियो । आफूलाई घेर्ने उद्देश्यका साथ ल्याइएको इन्डो–प्यासिफिक रणनीतिमा अमेरिकासँगै अस्ट्रेलिया, इन्डोनेसियालगायतसँग नजिकिएकामा चीन भारतसँग पछिल्लो समय असन्तुष्ट रहँदै आएको थियो । त्यसमाथि ५ अगस्ट २०१९ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेपछि चीन भारतसँग थप रुष्ट भएको थियो ।

    आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्र नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । भारतीय विश्लेषकहरूले चीनले सीमा विवादलाई लिएर बढी आ’क्रा’मक रूप लिनुका पछाडि भारतप्रतिका यिनै असन्तुष्टिको नतिजाका रूपमा हेरेका छन् । र, पछिल्लो घटनाक्रमले यी दुई छिमेबीचको अविश्वास थप बढाउने उनीहरूको दाबी छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालानामा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार र समाचार सामाग्रीहरुको केन्द्र’ बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ