• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा सलमान खान र एकता कपुरसहित ८ जना विरूद्ध मु’द्दा दायर

    2.8K
    SHARES

    काठमाडाैं । बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना विरूद्ध फौजदारी मुद्दा परेको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ’त्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ।

    टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका वि’रूद्ध मु’द्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ।

    ओझाले दायर गरेको मु’द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मुद्दामा उल्लेख छ।

    वकिल ओझाका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दायर गरेका हुन्। यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम राखेका छन्। अभिनेता सुशान्तसिंहले यही आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा आ’त्मह’त्या गरेका थिए। उनी लामो समयदेखि डिप्रेसनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    काठमाडाैं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आ’त्मह’त्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै भारतीय मिडियार सामाजिक सञ्जालमा बहस सुरू भएको छ। राजपुतका सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतका साथीहरूले बलिउडको पाखण्डी शैलीको चर्को आलोचना गरेका छन्।

    बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्को आलोचना गरेकी छन्। इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै उनले सुशान्तको दु:खद् अवसान आ’त्मह’त्या हो या योजनाबद्ध ह’त्या हो भन्दै बलिउड उद्योगप्रति प्रश्न उठाएकी छन्।

    ‘तपाईंले उसका पछिल्ला पोस्टहरू हेर्नुस्, आफ्नो बलिउडमा कोही गडफादर नभएकाले स्पष्ट शब्दमा उसले मानिसहरूलाई उसको फिल्म हेर्न भनेको छ। फिल्म नहेरिए आफू उद्योगबाट बाहिर फालिने चिन्ता व्यक्त गरेको छ। उसले अन्तर्वार्तामा उद्योगले आफूलाई किन आफ्नो मानेको छैन? भनेका छन्। उनले आफू बलिउडमा फाल्टु जस्तो महशुस गरिरहेको बताएका छन्। त्यसकारणले यो घटनामा कारक होइन?’ भिडिओमा उनले सोधेकी छन्।

    ‘यहाँ पत्रकारहरूको यस्तो तप्का छ जसले सुशान्त मानसिक, विक्षिप्त र दुर्व्यसनी भएको भनेर अन्धाधुन्ध लेख्छ। तर उनीहरूले सञ्जय दत्तको दुर्व्यसनलाई भने आकर्षक देख्छन्,’ उनले भिडिओमा भनेकी छन्।

    यसैगरी भारतका पूर्वसासंद सञ्जय निरूपमले आफ्नो ट्विटमा ‘छिछोरे’को व्यापक सफलताका बाबजुद् ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको लेखेका छन्। बलिउडको यस किसिमको क्रुरताको उनले चर्को आलोचना गरेका छन्। सुशान्तसिंह राजपुत मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए।

    भारतीय कलाकारहरुको यहि बहसलाई लिएर त्यहाँका मिडियाले सुशान्तको ह’त्यारा पत्ता लागेको र त्यो बलिउड भएको भन्दै समाचार फुकिरहेका छन् । हरेक बिषयमा खबरदारी गर्नेभन्दा पनि अदालत बन्ने भारतीय मिडियाहरुको यस्तो बकवासले थुप्रै बलिउडकर्मीहरु आक्रोशित बनेका छन् ।

    कलाकारहरुले भने तथ्यभन्दा बाहिर गएर जेपायो त्यहि लेख्ने भारतीय पत्रकारहरुलाई यो घटनाको जिम्मेवार मानेका छन् । यो बिषयले भारतभर खैलाबैला मच्चाएको छ । यता सुशान्त सिंह राजपुतले आ’त्मह’त्या गरेको नभई उनको ह’त्या भएको आशंकासहित परिवारजनले अनुसन्धानका लागि प्रहरीलाई आग्रह गरेका छन् ।

    मुम्बईको बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा आइतबार झुन्डिएको अवस्थामा भेटिएका राजपुतले आ’त्मह’त्या गरेको बताइरहँदा परिवारजनले भने ह’त्याको आशंका गर्दै निष्पक्ष छानविनका लागि प्रहरीलाई आग्रह गरेका हुन् ।

    राजपुतले आ’त्मह’त्या गरे भन्ने विश्वास नरहेको बताउँदै मामा आरसी सिंहले घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानका लागि प्रहरीलाई अनुरोध गरेका हुन् । प्रहरीले भने घटनाको प्रकृतिले अहिलेसम्म ह’त्या भएको बताउन सक्ने अवस्था नरहेको बताउँदै आएको छ ।

    उनले सन् २०१६ मा ‘एम एस ध्वनी’ चलचित्रबाट बेस्ट याक्टर अवार्ड पाएका थिए । उनले यस अवार्ड पाउने क्रममा भनेका थिए ः “मैले यो सफलता हासिल गर्दै गर्दा मैले मेरो आमालाई सम्झिरेको छु । कास यदि मेरो आमा अहिले यहाँ हुनुभएको भए कति खुशी हुनुहन्थ्यो होला, म अहिले जे छु उहाँकै कारणले छु”

    पछिल्लो समयमा उनले ‘दिल बेचारा’ नामक चलचित्रमा अभिनय गरेका थिए । यो नै उनको अन्तिम चलचित्र भएको छ । ३४ वर्षीय राजपुतले फिल्म ‘काइ पो चे’ बाट बलिउडमा डेब्यु गरेका थिए।

    फिल्ममा आउनुअघि उनी टेलिश्रृंखलामा काम गर्थे। सन् २००८ मा स्टारप्लसको ‘किस देशमे है मेरा दिल’ बाट टिभीमा डेब्यु गरेका उनले जिटिभीको ‘पवित्र रिश्ता’बाट निकै चर्चा पाएका थिए। टिभीका विभिन्न कार्यक्रममा देखिँदै आएका उनी सन् २०१३ मा ‘काइ पो चे’ फिल्ममा देखिए। यही फिल्मबाट उनी ‘फिल्म फेयर अवार्ड फर बेस्ट मेल डेब्यू’ मा मनोनित पनि भए।

    त्यही वर्ष उनले ‘शुद्ध देशी रोमान्स’ मा काम गरे। सन् २०१५ मा ‘डिडेक्टिभ बोमकेश बक्षी’ मा देखिएका उनले सन् २०१६ मा भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्रसिंह धोनीको बायोपिकमा मुख्य भूमिका निर्वाह गरे। ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ का लागि उनले उनी ‘फिल्म फेयर अवार्ड फर बेस्ट एक्टर’ मा पनि मनोनित भए। यसबीच उनी ‘रब्ता’, ‘केदारनाथ’, ‘सोनचिरिया’, ‘ड्राइभ’ देखिए।

    सन् २०१९ मा रिलिज उनको फिल्म ‘छिछोरे’ पनि व्यवसायिक रूपमा सफल भयो। यही वर्ष उनको फिल्म ‘दिल बेचारा’ पनि आउँदै थियो।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ