• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    पत्रकारका समस्या हल नगरे हप्तादिनपछि महासंघ चरणबद्ध आन्दाेलनमा जाने

    2.8K
    SHARES

    काठमाडौ । पत्रकारका समस्यालाई लिएर नेपाल पत्रकार महासंघ सातदिनपछि चरणवद्ध आन्दाेलनमा जाने भएकाे छ । बुधबार केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले साे निर्णय गरेकाे हाे । महासचिव रमेश विष्टले बैठकपछि जारी गरेकाे विज्ञप्तिमा पत्रकारका समस्या सल्टाउन सञ्चारगृहलाई एकहप्ते अल्टिमेटम दिइएकाे छ ।

    ‘एकहप्ताभित्र ठुला सञ्चारगृहका व्यवस्थापन पक्षले पत्रकारका समस्या हल गरेर त्यसकाे जानकारी महासंघलाई नदिए हामी चरणवद्ध आन्दाेलनमा जान्छाैं,’ बैठककाे निर्णयबारे जानकारी दिंदै केन्द्रीय सदस्य जन्मदेव जैसीले भने ।

    जैसीका अनुसार अहिले महासंघमा कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नागरिक, नयाँ पत्रिका, उज्यालाे एफएम, राजधानी दैनिक, माउण्टेन टिभी लगायतका सञ्चारमाध्यममा कार्यरत पत्रकार/कर्माचारीहरुले महासंघमा पेशाकाे रक्षाका लागि निवेदन दिएका छन् ।

    मंगलबारकाे बैठकले श्रमजीवी पत्रकारको पेशागत रक्षाका लागि हुने आन्दोलनलाई सफल बनाउन महासंघ सबै प्रदेश समिति, जिल्ला ताथ प्रतिष्ठान शाखा र एसोसियट संस्थासहित सञ्चारसम्बद्ध सबै संघ–संस्थामा हार्दिह आग्रह गरेकाे छ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ