• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    corona update Highlights

    थप ३८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो

    813
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोन संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ६ हजार ५९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ६ हजार ५९१ पुगेको जानकारी दिएका हुन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला झापामा गरिएको परीक्षणमा एकजना पुरुष, पाँचथरका एक जना महिला र एकजना पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा एक जना महिला सहित २ जना, सुनसरीका दुई जना पुरुष र सिरहाका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा रौतहटका ५ जना महिला र ३३ जना पुरुष, महोत्तरीका एकजना महिला र १६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी नारायणी अस्पताल वीरगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा एकजना पुरुष, पर्साका दुईजना पुरुषमा संक्रमण पुष्टि भएको छ ‌। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका एक जना महिला र ९ जना पुरुष, नवलपरासी पूर्वका दुई जना पुरुष, बागलुङका एकजना पुरुष, तनहुँका २ जना पुरुष, कास्कीका तीन जना पुरुष र स्याङ्जाका चार जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

    प्रवक्ता डाक्टर गौतमका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका एकजना, बैतडीकी एकजना महिला र २० पुरुष, डोटीका एकजना महिला १९ पुरुष, कञ्चनपुरका ११ जना पुरुष, कैलालीका चारजना महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना पुरुष र बर्दियाका ९ जना पुरुषमा संक्रमण पुष्टि भएको छ। यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको प्रयोगशाला मा गरिएको परीक्षणमा सप्तरीका ३ जना पुरुष, भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना महिला र दुइजना पुरुष र रुपन्देहीका एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक अस्पताल सुर्खेत तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका पाँचजना पुरुष, सुर्खेतका एकजना महिला र ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका२१ जना पुरुष र रामेछापका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेको परीक्षणमा सल्यानका एकजना पुरुष, दाङका १० जना महिला र ४६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अर्घाखाँचीका ६जना पुरुष, काठमाडौंकी एक महिला, महोत्तरीका एक महिला र ७१ जना पुरुष, मोरङका एकजना पुरुष, रौतहटका १४ जना पुरुष, रोल्पाका एकजना पुरुष, रुपन्देहीका ३ जना पुरुष र सर्लाहीको १६जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ । जसमध्ये हालसम्म १ हजार १५८ जना सफल उपचारपछि निको भएर घर फर्किएका छन् भने हालसम्म १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ