• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    जबर्ज’स्ति सिमा क्षेत्रमा घुस्न खोजेपछि जनमुक्ति सेनाले लियो कमाण्डरसहित ३ भारतीय शैनिकको ज्यान

    6.7K
    SHARES

    काठमाडौं । भारत- चीनको सीमा क्षेत्र लद्दाखमा हिं’सात्मक झडप भएको छ । भारतीय सेनाले जबर्जस्ति सीमामा घुस्न खोजेपछि चिनियाँ जनमुक्ति सेनाले ३ भारतीय शैनिकको ज्यान लिएको छ । एक भारतीय सेनाका १ कमान्डर र दुई सिपाहीको ज्यान गएको अन्तराष्ट्रिय समाचार माध्ययमले जनाएका छन ।

    पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गाल्वान भ्यालीमा भारतीय र चिनियाँ सैनिकको हिं’सात्मक मुठभेड भएको भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । झडपमा एक सेनाका अधिकारी र दुई सैनिकको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएको छ। केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

    भारतले चीनको सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ।

    ‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’

    झडपको विषयलाई लिएर दुवै देशले आआफ्नै दाबी गरेका छन् । चिनियाँ पक्षले भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएका कारण झडप भएको जनाएको छ।

    यसअघि सन् १९७५ दुई देशका सेनाबीच अरुणचलको तुलुङ लामा गोली चल्दा असम राइफल्सका चार जवानको ज्यान गएको थियो। त्यसछि सन् १९६२ मा भारत र चीनबीच एक महिने युद्ध भएको थियो। लद्दाखमा गत एक महिनादेखि भारतीय र चिनियाँ सैनिकबीच तनाव जारी छ।

    जसको निकास खोज्न जुन ६ का दिन दुई देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो। त्यसयता लगातार थुप्रै चरणका वार्ता भए पनि तनाव भने कम भएको थिएन। पछिल्लो समय लद्दाखमा दुवै पक्षले भौतिक संरचना निर्माणको गति र सेना तथा हतियारको संख्या वृद्धि गरिरहेका छन्। पछिलोसमय भारतीय दादागिरी बढ्दै गएपछि यो घटनाले भने चीनले मोदीको सेखी झारेको बिश्लेषण सुरु बहेको छ ।

    उता अमेरिकाले ताइवानको आकाशमा नौसेनाको विमान उडाएकोमा चीनले गम्भीर आपत्ती जनाएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल रेन गुओचियाङले सोमबार एक वक्तव्य जारी गर्दै अमेरिकाको उक्त कदम चालेर भयंकर गल्ती गरेको चेतावनी दिएको छ ।

    गत जुन ९ मा अमेरिकी नौसेनाको सी–४० ए विमान ताइवानको आकाशमा उडाउँदा चीनको अनुमति नलिएर आफ्नो सार्वभौमिकताविरूद्ध उत्तेजक गतिविधि नगर्ने पनि सचेत गराएको छ । ‘चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध कुनै उत्तेजक कार्य नगर्न हामी अमेरिकालाई आग्रह गर्छौँ,’ गुओचियाङले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

    उनले ताइवानको चीनको अभिन्न हिस्सा रहेको भन्दै ताइवानलाई लिएर चीनमाथि दबाब दिने जस्तोसुकै प्रयासलाई पनि असफल पार्ने चेतावनी दिएका छन् । यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगका सबै समस्याको दुई मुलुकबीचको छलफलबाट समाधान खोजिने बताएका छन्।

    छिमेकी देश नेपालसँग सामाजिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभइ ‘धार्मिक’ पनि भएको उनले साेमबार बताएका हुन्। सीमा सडक संगठन (बोर्डर रोड्स अर्गनाईजेसन) द्वारा ‘कैलास मानसरोवर यात्राको सुविधाका लागि निर्माण गरिएको सडकलाई लिएर लिपुलेकसम्मको सडकबारे नेपाल-भारतबीच विवाद बल्झिएपछि सिंहको यो भनाइ आएको हो।

    यो सडक मानसरोबरसम्म जानका लागि बनाइएको ८० किलोमिटर नयाँ मार्ग ‘भारतीय क्षेत्र’मा रहेको दावी सिंहले उत्तराखण्ड जनसम्वाद -यालीलाई भिडियो सम्मेलनमार्फत सम्बोधन गर्ने क्रममा बताएका हुन्। उनले भने, ‘नेपालमा यसबारे बुझाइमा केही गलत धारणा आएका छन्। यसलाई हामीले वार्ताका माध्यमबाट समाधान गर्नेछौँ।’

    नेपालले चासो व्यक्त गरेजस्तो हामीबीच सामाजिक, भौगोलिक, ऐतिहासिक वा सांस्कृतिक सम्बन्ध मात्र नभई हामीबीच धार्मिक सम्बन्ध पनि रहेको र भारतले यसलाई कहिल्यै विर्सन नसक्ने उनकाे भनाइ छ। दुई मुलुकबीच ‘रोटी–बेटी’ को सम्बन्ध रहेको र यसलाई ‘विश्वका कुनै शक्ति’ले तोड्न नसक्ने भारतीय रक्षामन्त्रीको दावी रहेको छ ।

    केही दिन पहिले नेपालको प्रतिनिधि सभाले सर्वसम्मतरूपमा पारित गरेको नेपालको नयाँ नक्सालाई मान्यता दिन संविधानको संशोधन गर्ने निर्णयलाई आइतबार राष्ट्रिय सभाले (संसदको माथिल्लो सदन) ले अनुमोदन गरेको थियो । नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको छ ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया