• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    क्रान्तिकारीका काठमाडौँ अध्यक्ष विष्टसहित ४ जना गिरफ्तार, रिहा नगरे संघर्षमा जाने संगठनको चेतावनी

    2.5K
    SHARES

    काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले संगठनका काठमाडौँ जिल्ला अध्यक्ष गोविन्द विष्टलाई गिरफ्तार गरेकोप्रति घोर भत्सर्ना गर्दै रिहाईको माग गरेको छ । प्रहरीले सोमबार काठमाडौँबाट विष्टसहित चारजनालाई गिरफ्तार गरेको थियो ।

    विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले सोमबार रुकुम पश्चिमको घटना, अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयड काण्डको विरोध, एमसीसीको खारेजी क्वारेन्टाइनमा रहेका सम्पूर्णको अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने माग राख्दै कार्यक्रम गर्ने तयारीमा थियो ।

    सोही कार्यक्रममा जाँदै गर्दा अध्यक्ष विष्टलाई गिरफ्तार गरेको अखिल क्रान्तिकारीले बताएको छ । संगठनका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्क बहादुर बिकले विज्ञप्ति जारी गरेर निन्द र भत्सर्ना गर्दै विष्टसहित सबैको रिहाईको माग गरेका छन् ।

    “रुकुम पश्चिमको जातीय नरसंहार र अमेरिकी अश्वेतगरिक जर्ज फ्लोयडको हत्याकाण्डको बिरोध,राष्ट्रघाती एमसीसी सम्झौताको खारेजी, अतिक्रमीत नेपालीभूमि फिर्ता, कोरोना महामारी नियन्त्रणका नाममा गरिएको सरकारी भ्रष्टाचारको छानबिन तथा क्वारेन्टाइनमा रहेका सम्पूर्ण नागरिकको अनिवार्य पिसिआर परिक्षण गर्नुपर्ने मागसहित नेपाल कम्युनिस्ट पार्टी समर्थित जनवर्गीय सङ्गठनहरुद्वारा आज काठमाडौंमा आयोजित संयुक्त बिरोध प्रदर्शन कार्यक्रमबाट हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला कमिटी अध्यक्ष गोबिन्द बिष्टसहित ४ जनालाई सामाजिक दलाल पुँजीवादी सरकारको गृह प्रशासनको ठाडो आदेशमा गिरफ्तार गरिएको छ ।

    जनपक्षीय आवाजमाथिको कायरतापूर्ण दमन र हाम्रा नेता कार्यकर्तामाथिको गैरन्यायिक गिरफ्तारीको सङ्गठन घोर निन्दा एवम् भत्सर्ना गर्दछ” बिकले विज्ञप्तिमा भनेका छन् । संयोजक बिकले साथै गिरफ्तार विष्टसहित गिरफ्तार गरिएकाहरुलाई रिहाई नगरे संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

    कोरोना महामारीको जटिल सङ्कटमा समेत जनघात र भ्रष्टाचार गर्न व्यस्त रहेको दाबी गर्दै संयोजक बिकले सरकार एमसीसी पास लागि परेको बताए । उनले जनपक्षीय आवाजलाई नजरआन्दाज नगर्न समेत भनेका छन् ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ